Day: २०८३ असार २१, आईतवार

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

समाचार
२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युत निर्यात, डिजिटल सेवा प्रवाह तथा सिँचाइ पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यप्रगतिअनुसार यस अवधिमा १३८ मेगावाट विद्युत उत्पादन क्षमता थप भई देशको जडित विद्युत क्षमता चार हजार २४२ मेगावाट पुगेको छ । मन्त्रालयका अनुसार यस अवधिमा करिब ४७२.४३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ । ऊर्जा क्षेत्रबाट हालसम्म दुई अर्ब १६ करोड ४३ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ भने यस अवधिमा मात्रै ७४ करोड ५२ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन गरिएको छ । प्रसारण पूर्वाधार विस्तारतर्फ राष्ट्रिय प्रसारण लाइनमा ७९ सर्किट किलोमिटर थप गरी कुल सात हजार ११ सर्किट किलोमिटर निर्माण सम्पन्न भएको ...
शिक्षा मन्त्रीलाई शिक्षक अभिषेक घिमिरेको सुझाव सहितको खुला पत्र

शिक्षा मन्त्रीलाई शिक्षक अभिषेक घिमिरेको सुझाव सहितको खुला पत्र

शिक्षा
माननीय मन्त्रीज्यु, सरुवालाई कहिल्यै पेचिलो विषय बनाउन हुँदैन । यो त सरल, स्वचालित, पुर्वानुमानित र नियमित हुनुपर्दछ । जागिर खानभन्दा मुस्किल सरुवामा हुन थाल्यो भने झन् चलखेल सुरु हुन्छ । शिक्षकहरुमा Mass Frustration सुरु हुन्छ । Frustrated शिक्षकले जतिसुकै अब्बल नै भएपनि Productivity दिन सक्दैन । म शिक्षा समितिका सम्पूर्ण माननीयज्युहरुलाई आग्रह गर्न चाहान्छु- बरु एउटा अनुसन्धान नै गरौँ यो विषयमा। आयोग लडेर स्थायीमा नाम निकालेको शिक्षक त खुसी हुनुपर्ने हो । स्थायीमा नाम निकाल्नु धेरै युवाको सपना हो । तर, नाम निस्किएपछि शिक्षक किन बेखुसी छन् । किन शिक्षक भएकोमा Regret महसुश गरिरहेका छन् ? यसको समाधान के हो ? धेरैले टिप्पणी गरेको देखिन्छ- “जाने बेला दुर्गम कोटामा गएर नाम निकाल्ने, अनि अहिले आएर सरुवा चाहियो भन्न पाइन्छ ?” यो तर्क एक हिसाबले ठीक हो । तर, अन्यायपूर्ण कहाँनेर छ भने, क...
हालको लघुवित्त संस्थाको अवस्था, सञ्चालन रणनीति तथा जोखिम व्यवस्थापनमा पुनरुत्थानको मार्ग

हालको लघुवित्त संस्थाको अवस्था, सञ्चालन रणनीति तथा जोखिम व्यवस्थापनमा पुनरुत्थानको मार्ग

आजको विशेष
  नेपालका लघुवित्त वित्तीय संस्थाहरुले विगत केही वर्षदेखि विभिन्न चुनौतीहरुको सामना गरिरहेका छन्। आर्थिक मन्दी, सदस्यहरुको आम्दानीमा आएको कमी, प्राकृतिक विपद्, वैदेशिक रोजगारीको अनिश्चितता, बहुऋणग्रस्तता तथा कर्जा असुलीमा आएको जटिलताले संस्थाहरुको वित्तीय अवस्था प्रभावित भएको छ। यस्ता चुनौतीपूर्ण परिस्थितिमा संस्थालाई दिगो रुपमा सञ्चालन गर्न व्यवस्थापन, कर्मचारी र सदस्यबीचको विश्वास तथा सहकार्य सबैभन्दा महत्वपूर्ण आधार हो। जोखिम व्यवस्थापन र कर्जा असुलीको दृष्टिकोणबाट हेर्दा असुली केवल पैसा उठाउने प्रक्रियामात्र नभएर सदस्यसँगको सम्बन्ध जोगाउने माध्यम पनि हो। प्रत्येक सदस्यको वास्तविक अवस्था बुझेर समाधानमुखी संवाद गर्न आवश्यक हुन्छ। आर्थिक समस्या भएका सदस्यलाई किस्ता पुनर्तालिकीकरण, व्यावहारिक भुक्तानी योजना तथा आयआर्जन बढाउने उपायहरुबारे परामर्श दिन सकिन्छ। यसले सदस्यलाई संस्...