उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

Advertisement

२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युत निर्यात, डिजिटल सेवा प्रवाह तथा सिँचाइ पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यप्रगतिअनुसार यस अवधिमा १३८ मेगावाट विद्युत उत्पादन क्षमता थप भई देशको जडित विद्युत क्षमता चार हजार २४२ मेगावाट पुगेको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा करिब ४७२.४३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ । ऊर्जा क्षेत्रबाट हालसम्म दुई अर्ब १६ करोड ४३ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ भने यस अवधिमा मात्रै ७४ करोड ५२ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन गरिएको छ ।

प्रसारण पूर्वाधार विस्तारतर्फ राष्ट्रिय प्रसारण लाइनमा ७९ सर्किट किलोमिटर थप गरी कुल सात हजार ११ सर्किट किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । ४२ किलोमिटर लामो ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन, ३२ किलोमिटर लामो लालबन्दी–सलिमपुर १३२ केभी प्रसारण लाइन तथा बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन र बाह्रबिसे ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ । त्यस्तै, मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन पनि सम्पन्न गरिएको छ ।

मन्त्रालयले न्यू बुटवल–लमही ४०० केभी प्रसारण लाइन तथा लमही सबस्टेसन, दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रसारण लाइन र बालकुमारी–ठिमी भूमिगत प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको जनाएको छ । कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणका लागि वितरण लाइन विस्तारको प्रक्रिया पनि अघि बढाइएको छ ।

विद्युत सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन नेपाल विद्युत प्राधिकरणको वेबसाइटमा ‘एआई साथी’ च्याटबोट सञ्चालनमा ल्याइएको छ भने वास्तविक समयमा विद्युत अवरोधको जानकारी दिने ‘नो लाइट साथी’ प्रणालीको परीक्षण सञ्चालन गरिएको छ । प्राधिकरणले ‘नो लाइट’ गुनासो एक दिनभित्र, नयाँ ग्राहकलाई तीन दिनभित्र र मिटर परिवर्तन एक दिनभित्र सम्पन्न गर्ने समयसीमामा आधारित सेवा वितरण प्रणाली लागू गरेको छ ।

विद्युत आपूर्तिलाई प्रभावकारी बनाउन ५० हजार ग्राहक मिटर वितरण केन्द्रमा उपलब्ध गराइसकिएको छ भने थप चार लाख मिटर खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । अत्यधिक माग भएका ५० र १०० केभीएका एक–एक सय होइन, पाँच–पाँच सय वितरण ट्रान्सफर्मर उपलब्ध गराएर वितरण गरिसकिएको छ ।

ऊर्जा क्षेत्रको नीतिगत सुधारका लागि जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन मन्त्रालयमा पठाइएको छ । ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३, विद्युत खरिद सम्झौता (पीपीए) सम्बन्धी समीक्षा प्रतिवेदन, विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी समीक्षा प्रतिवेदन तथा दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी कार्ययोजना पनि तयार गरिएको छ ।

हरित ऊर्जाको प्रवद्र्धनतर्फ मन्त्रालयले ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययनलाई अन्तिम चरणमा पुर्‍याएको छ। यससँगै कार्बन व्यापार नियमावली, २०८२ अन्तर्गत कार्बन राजस्व इकाई गठन गरिएको छ भने जलवायु वित्त परिचालनका लागि करोडौं अमेरिकी डलर बराबरका विभिन्न परियोजना प्रस्ताव अन्तर्राष्ट्रिय कोषमा पेश गरिएको मन्त्रालयले जनाएको छ ।

ग्रामीण क्षेत्रमा ऊर्जा पहुँच विस्तारतर्फ लघु तथा साना जलविद्युत आयोजना र सौर्य मिनिग्रिडमार्फत थप विद्युत उत्पादन गरी ग्रामीण बस्तीमा ऊर्जा पहुँच विस्तार गरिएको छ । दुई सौर्य खानेपानी आयोजना, तीन लघु जलविद्युत सिँचाइ आयोजना निर्माण सम्पन्न हुनुका साथै २११ वटा सौर्य सिँचाइ पम्प जडान गरिएको छ । विभिन्न संस्थामा १३ हजार ४४२ किलोवाट क्षमताको रूफटप सौर्य प्रणाली जडान भएको मन्त्रालयले जनाएको छ ।

स्वच्छ ऊर्जा प्रवद्र्धन कार्यक्रमअन्तर्गत २८ हजार विद्युतीय चुलो, चार हजार सुधारिएको फलामे चुलो र एक हजार ६१० घरायसी बायोग्यास प्लान्ट जडान गरिएको छ। थप ८७५ संस्थागत विद्युतीय चुलो जडान गरी स्वच्छ ऊर्जाको पहुँच विस्तार गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...