Author: साइनो नेटवर्क

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

समाचार
लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५ वर्षीय श्रीमान रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो श्रीमान–श्रीमतीबीच विवाद भएपछि कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएकी पारुको बिहीबार मृत्यु भएको खबर प्राप्त भएको उनले बताए। ‘हिजो आपसमा कुटाकुट भएको रहेछ। दोधाराचाँदनी नगर अस्पतालमा उपचारका लागि पनि लगेका रहेछन्’ डीएसपी रावतले भने, ‘आज मृत्यु भएको खबर आएको छ। घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको थप विवरण आउन बाँकी छ।’ प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार पारुलाई उपचारका लागि अस्पताल लगिए पनि उपचार नै नगरी बुधबार नै घर ल्याइएको थियो। सुनार दम्पतीबीच विगतदेखि नै पटक-पटक झगडा हुँदै आएको स...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

सुदूरपश्चिम
लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा थिए । एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद थिए । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा विवाद थियो । एमालेले खर्च कटौतिको समेत प्...
जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

जनउत्थान लघुवित्तका सिइओ रायले दिए राजिनामा, निमित्त सिइओमा बराली नियुक्त

समाचार
लालझाडी कंचनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिं का प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले राजिनामा दिएका छन्, त्यस्तै, निम्ति सिईओमा इन्द्र बराली नियुक्त भएका छन्। संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजीनामा मिति २०८३ / ०३ / २७ गते बसेको संचालक समितको २४६ औं बैठकबाट २०८३ श्रावण १ गते देखि लागु हुने गरी स्वीकृत भएको हो । साथै, सोही बैठकबाट मिति २०८३ श्रावण १ गते देखि लागु हुने गरी यस वित्तीय संस्थाका विभागिय प्रमुख इन्द्र बरालीलाई निमित प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको छ ।...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

समाचार
प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध रूपमा विस्थापित गर्ने उद्देश्यले सरकारले गतिविधि अघि बढाएकोमा आपत्ती जनाएको छ । प्रेस चौतारीले सो निर्णय सच्याउन माग गरेको छ। संगठनले हाल कार्यरत पत्रकारहरूको करार नवीकरण नगरेर नयाँ भर्ना प्रक्रिया अघि बढाइएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ । शुक्रबार जारी प्रेस विज्ञप्तिमा गोरखापत्र संस्थानमा करार सेवामा कार्यरत पत्रकारहरूको करार अवधि असार मसान्तमा समाप्त हुन लाग्दा पनि नवीकरण नगरी नयाँ करार कर्मचारी भर्नाको सूचना प्रकाशित गरिएको उल्लेख छ। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा गोरखापत्र संस्थान सेवा शर्त विनियमावली, २०८२ ले करार नियुक्ति कार्यविधि स्वीकृत भएपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरेको छ। तर कार्...
डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको क्षति

डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको क्षति

uncategory, समाचार
लालझाडी कंचनपुर ,डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेस्थित एक टहरामा खाना पकाउने क्रममा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। शुक्रबार बेलुकी स्थानीय राजबहादुर रावलको काठ र जस्तापाताले बनेको दुईतले, दुई कोठे टहराको भान्सा कोठाबाट आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोबाइललगायतका सामग्री जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।...
श्रावणमा सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ आयोजना हुदै

श्रावणमा सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ आयोजना हुदै

मनोरञ्जन
लालझाडी ३ कंचनपुर,प्रथम सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ साउनमा हुने भएको छ। राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले साउन ८ र ९ गते धनगढीमा उक्त कार्यक्रम आयाेजना गर्न लागेकाे हाे। ‎प्रदेश कार्यसमितिले धनगढीमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर कार्यक्रमबारे जानकारी गराएकाे थियाे। ‎लाेक तथा दाेहाेरी गायनकाे एकल दाेहाेरी प्रतियोगिता गर्न लागेकाे। ‎प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टले यस प्रतियोगितामा गायक/गायीकाले एकल सहभागी हुन पाउने बताए। उनले प्रतियोगितामा बाद्यवादन र काेरस आयाेजकबाट उपलब्ध गराइने जानकारी दिए। सबै उमेर समूहकाले प्रतियोगितामा सहभागी हुन पाउने उनकाे भनाइ थियाे। ‎प्रतियाेगितामा प्रथम पुरस्कार १५ हजार, दाेस्राे पुरस्कार १० हजार, तेस्रो पुरस्कार ५ हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ। ‎प्रतियाेगितामा राम्रो कला...
छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

समाचार
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक विद्यार्थीले आफूले पाएको रु. २,५५० सम्बन्धित निकायको बैंक खातामा फिर्ता गरेकी छन्। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, टिकापुरमा कृषि विज्ञान अध्ययनरत बिपना रानाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले रकम फिर्ता गरेको जानकारी दिँदै छात्रवृत्ति वितरण प्रणालीमाथि प्रश्न उठाएकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, “एउटै गाउँपालिका भित्र कसैलाई बढी रकम र कसैलाई अत्यन्तै न्यून रकम दिइँदा शैक्षिक योग्यताको मूल्यांकन कसरी भयो ? मैले छात्रवृत्ति पाएको रकम फिर्ता गरेको होइन, छात्रवृत्ति वितरण प्रणालीलाई निष्पक्ष, पारदर्शी र वास्तविक योग्यताका आधारमा बनाउन आग्रह गर्दछु ।” गाँउपालिकाबाट +२ , स्नातक र स्नातकोत्तरमा अध्ययन गर्ने प्राविधिक धार र साधारण धा...
बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

समाचार
लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियास्थित भित्री सडक खण्डमा आज दिउँसो गुडिरहेको विज्डम एकेडेमीको बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त आधिकारिक सूचना अनुसार आज दिउँसो साढे १ बजेको समयमा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ क २६२७ नम्बरको विज्डम एकेडेमीको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक बेलौरी नगरपालिका वडा नम्बर ३ पडाउ निवासी २९ वर्षीय महेश राना गम्भीर घाइते भएका छन्। विद्यालय बसका चालक बेलौरी नगरपालिका वडा नम्बर ४ बेलौरी बजार बस्ने ४६ वर्षीय विज्ञान महर्जन रहेका छन्। घटनालगत्तै स्थानीय बासिन्दाले दिउँसो ...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

समाचार
लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजना तथा लालझाडी गाउँपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा लालझाडी गाउँपालिकाको सहकार्यमा लागूपदार्थ दुर्व्यसन रोकथाममा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको सभापति सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष भोजराज भट्ट, प्रमुख अतिथि लालझाडी गाउँपालिका निर्मल राना, बिशिष्ट अतिथि लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष आशाराम राना,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावत, अतिथि सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका सचिव भुवन कुँवर केसी, भा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

समाचार
२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युत निर्यात, डिजिटल सेवा प्रवाह तथा सिँचाइ पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यप्रगतिअनुसार यस अवधिमा १३८ मेगावाट विद्युत उत्पादन क्षमता थप भई देशको जडित विद्युत क्षमता चार हजार २४२ मेगावाट पुगेको छ । मन्त्रालयका अनुसार यस अवधिमा करिब ४७२.४३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ । ऊर्जा क्षेत्रबाट हालसम्म दुई अर्ब १६ करोड ४३ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ भने यस अवधिमा मात्रै ७४ करोड ५२ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन गरिएको छ । प्रसारण पूर्वाधार विस्तारतर्फ राष्ट्रिय प्रसारण लाइनमा ७९ सर्किट किलोमिटर थप गरी कुल सात हजार ११ सर्किट किलोमिटर निर्माण सम्पन्न भएको ...