छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

Advertisement

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक विद्यार्थीले आफूले पाएको रु. २,५५० सम्बन्धित निकायको बैंक खातामा फिर्ता गरेकी छन्।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, टिकापुरमा कृषि विज्ञान अध्ययनरत बिपना रानाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले रकम फिर्ता गरेको जानकारी दिँदै छात्रवृत्ति वितरण प्रणालीमाथि प्रश्न उठाएकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, “एउटै गाउँपालिका भित्र कसैलाई बढी रकम र कसैलाई अत्यन्तै न्यून रकम दिइँदा शैक्षिक योग्यताको मूल्यांकन कसरी भयो ? मैले छात्रवृत्ति पाएको रकम फिर्ता गरेको होइन, छात्रवृत्ति वितरण प्रणालीलाई निष्पक्ष, पारदर्शी र वास्तविक योग्यताका आधारमा बनाउन आग्रह गर्दछु ।”
गाँउपालिकाबाट +२ , स्नातक र स्नातकोत्तरमा अध्ययन गर्ने प्राविधिक धार र साधारण धार गरी जम्मा १४१ जनासम्मलाई ४ लाख ७५ हजार रुपैया बराबरको छात्रवृत्ति प्रदान गरिएको छ । प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीलाई अधिकतम १२ हजार रुपैया र साधारण धार तर्फ अध्ययन विद्यार्थीलाई २ हजार ५ सय ५० रुपैयासम्म छात्रवृत्ति वितरण गरेको छ ।

लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार उच्च शिक्षा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि अध्यक्ष विशेष छात्रवृत्ति वितरण गरेको थियो।

यस विषयमा प्राविधिक त्रुटि भएको हुन सक्ने बताएका छन । छात्रवृत्तिका लागि आवेदन परेका सबै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छौ , थप जानकारी सार्वजनिक हुन बाँकी रहेको छ भनेर लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...