Day: २०८३ असार २४, बुधबार

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

समाचार
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक विद्यार्थीले आफूले पाएको रु. २,५५० सम्बन्धित निकायको बैंक खातामा फिर्ता गरेकी छन्। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, टिकापुरमा कृषि विज्ञान अध्ययनरत बिपना रानाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले रकम फिर्ता गरेको जानकारी दिँदै छात्रवृत्ति वितरण प्रणालीमाथि प्रश्न उठाएकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, “एउटै गाउँपालिका भित्र कसैलाई बढी रकम र कसैलाई अत्यन्तै न्यून रकम दिइँदा शैक्षिक योग्यताको मूल्यांकन कसरी भयो ? मैले छात्रवृत्ति पाएको रकम फिर्ता गरेको होइन, छात्रवृत्ति वितरण प्रणालीलाई निष्पक्ष, पारदर्शी र वास्तविक योग्यताका आधारमा बनाउन आग्रह गर्दछु ।” गाँउपालिकाबाट +२ , स्नातक र स्नातकोत्तरमा अध्ययन गर्ने प्राविधिक धार र साधारण धा...