बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

Advertisement

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियास्थित भित्री सडक खण्डमा आज दिउँसो गुडिरहेको विज्डम एकेडेमीको बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त आधिकारिक सूचना अनुसार आज दिउँसो साढे १ बजेको समयमा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ क २६२७ नम्बरको विज्डम एकेडेमीको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक बेलौरी नगरपालिका वडा नम्बर ३ पडाउ निवासी २९ वर्षीय महेश राना गम्भीर घाइते भएका छन्। विद्यालय बसका चालक बेलौरी नगरपालिका वडा नम्बर ४ बेलौरी बजार बस्ने ४६ वर्षीय विज्ञान महर्जन रहेका छन्।
घटनालगत्तै स्थानीय बासिन्दाले दिउँसो पौने २ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए। जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीको कमाण्डमा सात जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन भएको थियो। दिउँसो पौने २ बजे नै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयबासीको सक्रियतामा घाइते रानाको उद्धार गरी तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाएको छ। अस्पताल स्रोतका अनुसार घाइते रानाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न विद्यालयको बस र चालक महर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल अझै घटनास्थलमै रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...