बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

Advertisement

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियास्थित भित्री सडक खण्डमा आज दिउँसो गुडिरहेको विज्डम एकेडेमीको बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त आधिकारिक सूचना अनुसार आज दिउँसो साढे १ बजेको समयमा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ क २६२७ नम्बरको विज्डम एकेडेमीको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक बेलौरी नगरपालिका वडा नम्बर ३ पडाउ निवासी २९ वर्षीय महेश राना गम्भीर घाइते भएका छन्। विद्यालय बसका चालक बेलौरी नगरपालिका वडा नम्बर ४ बेलौरी बजार बस्ने ४६ वर्षीय विज्ञान महर्जन रहेका छन्।
घटनालगत्तै स्थानीय बासिन्दाले दिउँसो पौने २ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए। जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीको कमाण्डमा सात जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन भएको थियो। दिउँसो पौने २ बजे नै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयबासीको सक्रियतामा घाइते रानाको उद्धार गरी तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाएको छ। अस्पताल स्रोतका अनुसार घाइते रानाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न विद्यालयको बस र चालक महर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल अझै घटनास्थलमै रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँक...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्व...