राजनीति

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि  बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए। श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग...
पूर्वराजाको अभिव्यक्तिबारे माओवादी- राजतन्त्र फर्किँदैन, जनता अग्रगमनको पक्षमा छन्

पूर्वराजाको अभिव्यक्तिबारे माओवादी- राजतन्त्र फर्किँदैन, जनता अग्रगमनको पक्षमा छन्

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको प्रष्ट पारेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहितको अभिव्यक्तिबारे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘राजा फर्किने कुनै सम्भावना छैन । ज्ञानेन्द्र शाहले पनि अलि ठन्डा दिमागले शान्त चित्तले सोच्नुभयो भने उहाँले शासन गर्दा के थियो, अहिले उहाँले गणतन्त्र भएकै कारणले राम्रोसँग बोल्न पाउनुभयो ।’ उनले एउटा नागरिकको हैसियतले बोल्न छुट भएर बोलेको भएपनि राजतन्त्र फर्किने कुरा असम्भव रहेको जिकिर गरे । उनले थपे, ‘राप्रपाले पनि केही न केही गर्नु त परेको छ नै, अहिले उहाँलाई त्यति पनि भन्नसक्ने आत्मविश्वास अहिलेको सरकारको कुशासनले गर्दा नै हो । भ्रष्टाचारमा लिप्त हुने कुराले उनीहरुले मुख मिठ्याएका होलान्, जन...
भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

Breaking News 1, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
काठमाडौं। भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)० ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे ।आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने उनले बताए । प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी बडालले दिएका छन् ।  ...
पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

Breaking News 1, गण्डकी, ताजा अपडेट, राजनीति, समाचार
पोखरा। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो। हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो। उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो। गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो। घटनाबारे अनुसन्धान भइरह...
परराष्ट्रमन्त्री राणा ७ दिने भ्रमणका लागि ओमान जाँदै

परराष्ट्रमन्त्री राणा ७ दिने भ्रमणका लागि ओमान जाँदै

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन् । सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा जान लागेकी हुन् । ओमानको राजधानी मस्कटमा हुने कन्फरेन्समा सहभागी हुने मन्त्री राणाले ओमानका विदेश मन्त्री तथा ऊर्जा मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम रहेको छ । सोही अवसरमा खाडी क्षेत्रका देशहरूको संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) क्षेत्रमा रहेका नेपाली राजदूतहरूसँग पनि राणाको भर्चुअल बैठक हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।...
प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीलाई गरिएका आक्रमणका घटना छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिएको सचिवालयले जनाएको छ।...
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् । ‘ड्युटीमा रहेका प्रहरीलाई अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुको नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि गरेनछ’ गृहमन्त्रीमाथि प्रश्न उठाउँदै मंगलबार खनालले प्रतिनिधि सभाको बैठकमा भने। खनाल त्यही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । आफूलाई त्यहाँका धेरै विद्यार्थीले म्यासेज समेत गरेको उनले सुनाए । ‘क्याम्पसमा, कक्षा कोठामा सँधै विद्यार्थी नेताहरूको दादागिरी चल्थ्यो । अब त पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ?’ विद्यार्थीहरुले आफूलाई गरेको म्यासेज वाचन गरे । ‘कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाइने, कहिले सत्ता टिकाउनपर्ने बाहनामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुस...
प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

Breaking News 2, ताजा अपडेट, राजनीति, विचार, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’ अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे । उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने । चण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्र...
चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौं...