काठमाडौं, १३ कात्तिक। समाचार कक्षबाटै पक्राउ गरिएका सबै पत्रकार रिहा भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कडा निर्देशनपछि प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरूलाई रिहा गरेको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार पत्रकार पक्राउ परेको घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई तत्काल रिहा गर्न निर्देशन दिएका थिए।
यसअघि प्रहरीले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल रहेका थिए।
पत्रकार पक्राउको घटनाप्रति नेपाल पत्रकार महासंघ, विभिन्न सञ्चारमाध्यम तथा नागरिक समाजबाट विरोध भएको थियो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सबै पत्रकार रिहा भएको पुष्टि गर्दै सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।