Day: २०८३ कार्तिक १४, शुक्रबार

प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

Breaking News 1
काठमाडौं, १३ कात्तिक। समाचार कक्षबाटै पक्राउ गरिएका सबै पत्रकार रिहा भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कडा निर्देशनपछि प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरूलाई रिहा गरेको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार पत्रकार पक्राउ परेको घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई तत्काल रिहा गर्न निर्देशन दिएका थिए। यसअघि प्रहरीले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल रहेका थिए। पत्रकार पक्राउको घटनाप्रति नेपाल पत्रकार महासंघ, विभिन्न सञ्चारमाध्यम तथा नागरिक समाजबाट विरोध भएको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सबै पत्रकार रिहा भ...
डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

Breaking News 2, समाचार
दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झासहित संस्थानका विभिन्न चिस्यान केन्द्र तथा कारखानामा कार्यरत तत्कालीन प्रमुख र कर्मचारी छन्। उनीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा संगठित सञ्जाल बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनीहरूलाई आपराधिक विश्वासघात तथा संगठित अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। झा यसअघि २०८० सालमा पनि डीडीसीको दूध बिक्रीबाट ...