Author: साइनो नेटवर्क

आज देखि धनगढीमा प्रधानमन्त्री कप महिला कृकेट हुदै

आज देखि धनगढीमा प्रधानमन्त्री कप महिला कृकेट हुदै

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, सुदूरपश्चिम
धनगढी । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आज देखि प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुदैछ । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टोली र २ विभागिय टोलीले भाग लग्ने नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य धिरेन्द्र साउँदले बताए । उनका अनुसार उद्घाटन खेद सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विच हुने छ । प्रतियोगिता अवलोकनका लागि निशुल्क मैदान प्रवेस गर्ने व्यवस्था गरिएको केन्द्रिय सदस्य साउँदले बताए । क्यानका प्रतियोगिता समन्वय संयोजक तेज प्रकाश भट्टका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५ लाख, द्धितीय पुरस्कार ३ लाख, म्यान अफ दी सिरिज खेलाडीलाई ५० हजार, उत्कृष्ट बल र ब्याट्सम्यानलाई २५–२५ हजार र प्लेयर अफदी म्याच खेलाडीलाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । लीग चरणमा हुने प्रतियोगिताका सञ्चालनका लागि दुई पोलमा टोली विभाजन गरिएको छ । पहिलो पोलमा एपिए...
नागरिकलाई सहज सेवा दिने प्रयास गर्छु : प्रमुख जिल्ला अधिकारी हमाल

नागरिकलाई सहज सेवा दिने प्रयास गर्छु : प्रमुख जिल्ला अधिकारी हमाल

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नागरिकका समस्य समाधान गर्ने आफ्नो पहिलो प्रार्थमिकता हुने बताएका छन् । कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएपछि पत्रकारसंग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकनरी हमालले नागरिकलाई सअज सेवा दिन र सहज सेवा दिन आफ्नो ध्यान केन्द्रित हुने बताए । हमालले नागरिकका समस्या र सेवा प्रवाह सहज हुने गरी समाचार सामग्री प्रकाशित, प्रसारित गर्न पनि सञ्चारकर्मिलाई आग्रह गरे । आग्रह गर्नु भएको छ । नकारात्मक तरिकाले भन्दा सकारात्मक सन्देश प्रशारण गर्दा बढी प्रभावकारी हुने बताउँदै उनले त्यता तर्फ पनि ध्यान दिन सञ्चारकर्मि संग आग्रह गरे । विकासका कामहरु धमाधम अघि बढिरहेका बताउँदै उहाँले केही भएकै छैन भन्ने जस्ता नकारात्मक समाचार प्रकाशित गरेर नागरिकलाई निराश नबनाउन पनि आग्रह गरे। प्रमुख जिल्ला अधिकारी हमालले सञ्चार क्षेत्रलाई मर्यायादित बनाउन...
रेबिज लागेर सेती प्रादेशिक अस्पतालमा एक युवकको मृत्यु

रेबिज लागेर सेती प्रादेशिक अस्पतालमा एक युवकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।...
थारू बस्तीमा बढ्यो माघीको रौनक

थारू बस्तीमा बढ्यो माघीको रौनक

आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् । ‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीक...
कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीको अत्तरियाबाट लागू औषध सहित एक कपडा व्यवसायी पक्राउ परेका छन् । गोदावरी नगरपालिका – १ अत्तरियामा कपडा पसल गरी बस्दै आएका ३० वर्षीय अवतार हुसेन पक्राउ परेका हुन । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका – १४ घर भएका हुसेन बिहीबार धनगढी उपमहानगरपालिका – २ बाट पक्राउ परेका हुन । हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
सिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकमा बस दुर्घटना

ताजा अपडेट, बागमती, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको छ। सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-५ मा बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको हो। दोलखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए। ब्रेक फेल भएर पल्टिएको भन्नेकुरा आएको छ, एसपी खड्काले भने, अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन।...
आयल निगम करिब १० अर्ब नाफामा

आयल निगम करिब १० अर्ब नाफामा

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ञसमयमा नै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको छ । हामी करिब १० अर्ब नाफामा छौंझ, उनले भने । त्यस्तै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए । भट्टले भने, ञस्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।झ ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको उनले दाबी गरे । केही नयाँ कामको...

लेनदेन विवादमा युवकको हत्या, आरोपित पक्राउ

ताजा अपडेट, समाचार
काठमाडौं । लेनदेन विवादमा धादिङमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङकै खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् । उनले सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप छ । नेशन र सोही ठाउँका ४५ वर्षकै खलासे तामाङले लेनदने विवादमा रामबहादुरलाई निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट १४ पुसदेखि गम्भीर घाइते भएका रामबहादुको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भूमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कुटपिटको आरोप लागेका खलासे भने फरार छन् ।...
कैलालीमा बढ्दै सम्बन्ध विच्छेद गराउने पुरूषकाे संख्या

कैलालीमा बढ्दै सम्बन्ध विच्छेद गराउने पुरूषकाे संख्या

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम
धनगढी । कैलालीमा पुरुषबाट हुने सम्बन्ध विच्छेदका मुद्धा बढेका छन् । कैलालीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको सख्या उच्च हुन थालेको छ । कैलाली जिल्ला अदालतको तीन बर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका लागि पुरुषबाट मुद्धा दार्त गर्ने क्रम हरेक बर्ष उच्च हुन थालेको हो । अदालतकाे तथ्याङ् अनुसार पछिल्लाे ६ महिनाकाे अवधिमा मात्रै २१० जना पुरूषले सम्बन्ध विच्छेदका लागि कैलाली जिल्ला अदालतमा उजुरी दिएका छन् । मुलुकी देवानी संहिता २०७४ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यस यता सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको संख्या निरन्तर बढ्न थालेको तथ्याङ्क छ । कैलाली जिल्ला अदालतको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९मा १ सय ७५ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए । सो बर्ष जम्मा ६ सय ७ वटा सम्बन्ध विच्छेदका निवेदन दर्त...
रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरीले परिवारको जिम्मा लगाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए । अदालतमा धरौटी बुझाएपछि उनको मेडिकल जाँच गराएर परिवारको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो । रविको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल पोखरा पुगेकी थिइन् । सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका सात प्रतिवादीमध्ये ६ जना आजै धरौटी बुझाएर रिहा भएका छन् । रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ...