कांग्रेस संसदीय दलको बैठक भोलि, छलफलको मुख्य एजेन्डा ‘अध्यादेश’

Advertisement

संघीय संसद् अधिवेशन सुरु हुनुअघि तयारी स्वरूपमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

१२ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । प्रमुख सचेतक घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ ।

सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।

आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याउनु भएको भन्दै कांग्रेस वृत्तबाटसमेत आलोचना भइरहेको छ ।
पार्टीका प्रभावशाली नेताहरूले समेत अध्यादेश ल्याउने सरकारको कदमलाई गलत भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला शनिबार पार्टीको शीर्ष नेतृत्वले मन्त्रीहरूसँग छलफल गरेको थियो ।
छलफलमा सहभागी हुँदै सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन सबैलाई निर्देशनसमेत दिएका छन् । देउवाले दलको बैठक बस्नुपूर्वसन्ध्यामा ती असन्तुष्ट नेताहरूलाई समेत ध्यान दिएर सदनमा मात्र नभई बाहिरसमेत अध्यादेशको पक्षमा एकढिक्का भएर प्रस्तुत हुन शनिबार निर्देशन दिएका हुन् ।
अध्यादेशमाथि पार्टीभित्र असन्तुष्टि रहेको सचेतक घिमिरले जनाउ दिएका छन् । शनिबार सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका छन्, ‘सरकारले ल्याएका अध्यादेशबारे नेपाली कांग्रेसभित्र रहेका केही कुरा छन् भने संसदीय दलको बैठकमै तिनलाई प्रस्तुत गर्ने र बाहिर प्रस्ततु हुँदा एकढिक्का हुने भन्ने निर्णय आजको बैठकले गरेको छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं, १३ कात्तिक। समाचार कक्षबाटै पक्राउ गरिएका सबै पत्रकार रिहा भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कडा निर्देशन...
डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको ...
विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

धनगढी ,असोज -२१ चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन। खगरा...
जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

      २०८२ फागुन २१ गतेमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक जनमतले म...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...