Author: साइनो नेटवर्क

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

समाचार
लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियास्थित भित्री सडक खण्डमा आज दिउँसो गुडिरहेको विज्डम एकेडेमीको बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त आधिकारिक सूचना अनुसार आज दिउँसो साढे १ बजेको समयमा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ क २६२७ नम्बरको विज्डम एकेडेमीको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक बेलौरी नगरपालिका वडा नम्बर ३ पडाउ निवासी २९ वर्षीय महेश राना गम्भीर घाइते भएका छन्। विद्यालय बसका चालक बेलौरी नगरपालिका वडा नम्बर ४ बेलौरी बजार बस्ने ४६ वर्षीय विज्ञान महर्जन रहेका छन्। घटनालगत्तै स्थानीय बासिन्दाले दिउँसो ...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

समाचार
लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजना तथा लालझाडी गाउँपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा लालझाडी गाउँपालिकाको सहकार्यमा लागूपदार्थ दुर्व्यसन रोकथाममा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको सभापति सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष भोजराज भट्ट, प्रमुख अतिथि लालझाडी गाउँपालिका निर्मल राना, बिशिष्ट अतिथि लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष आशाराम राना,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावत, अतिथि सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका सचिव भुवन कुँवर केसी, भा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

समाचार
२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युत निर्यात, डिजिटल सेवा प्रवाह तथा सिँचाइ पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यप्रगतिअनुसार यस अवधिमा १३८ मेगावाट विद्युत उत्पादन क्षमता थप भई देशको जडित विद्युत क्षमता चार हजार २४२ मेगावाट पुगेको छ । मन्त्रालयका अनुसार यस अवधिमा करिब ४७२.४३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ । ऊर्जा क्षेत्रबाट हालसम्म दुई अर्ब १६ करोड ४३ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ भने यस अवधिमा मात्रै ७४ करोड ५२ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन गरिएको छ । प्रसारण पूर्वाधार विस्तारतर्फ राष्ट्रिय प्रसारण लाइनमा ७९ सर्किट किलोमिटर थप गरी कुल सात हजार ११ सर्किट किलोमिटर निर्माण सम्पन्न भएको ...
शिक्षा मन्त्रीलाई शिक्षक अभिषेक घिमिरेको सुझाव सहितको खुला पत्र

शिक्षा मन्त्रीलाई शिक्षक अभिषेक घिमिरेको सुझाव सहितको खुला पत्र

शिक्षा
माननीय मन्त्रीज्यु, सरुवालाई कहिल्यै पेचिलो विषय बनाउन हुँदैन । यो त सरल, स्वचालित, पुर्वानुमानित र नियमित हुनुपर्दछ । जागिर खानभन्दा मुस्किल सरुवामा हुन थाल्यो भने झन् चलखेल सुरु हुन्छ । शिक्षकहरुमा Mass Frustration सुरु हुन्छ । Frustrated शिक्षकले जतिसुकै अब्बल नै भएपनि Productivity दिन सक्दैन । म शिक्षा समितिका सम्पूर्ण माननीयज्युहरुलाई आग्रह गर्न चाहान्छु- बरु एउटा अनुसन्धान नै गरौँ यो विषयमा। आयोग लडेर स्थायीमा नाम निकालेको शिक्षक त खुसी हुनुपर्ने हो । स्थायीमा नाम निकाल्नु धेरै युवाको सपना हो । तर, नाम निस्किएपछि शिक्षक किन बेखुसी छन् । किन शिक्षक भएकोमा Regret महसुश गरिरहेका छन् ? यसको समाधान के हो ? धेरैले टिप्पणी गरेको देखिन्छ- “जाने बेला दुर्गम कोटामा गएर नाम निकाल्ने, अनि अहिले आएर सरुवा चाहियो भन्न पाइन्छ ?” यो तर्क एक हिसाबले ठीक हो । तर, अन्यायपूर्ण कहाँनेर छ भने, क...
हालको लघुवित्त संस्थाको अवस्था, सञ्चालन रणनीति तथा जोखिम व्यवस्थापनमा पुनरुत्थानको मार्ग

हालको लघुवित्त संस्थाको अवस्था, सञ्चालन रणनीति तथा जोखिम व्यवस्थापनमा पुनरुत्थानको मार्ग

आजको विशेष
  नेपालका लघुवित्त वित्तीय संस्थाहरुले विगत केही वर्षदेखि विभिन्न चुनौतीहरुको सामना गरिरहेका छन्। आर्थिक मन्दी, सदस्यहरुको आम्दानीमा आएको कमी, प्राकृतिक विपद्, वैदेशिक रोजगारीको अनिश्चितता, बहुऋणग्रस्तता तथा कर्जा असुलीमा आएको जटिलताले संस्थाहरुको वित्तीय अवस्था प्रभावित भएको छ। यस्ता चुनौतीपूर्ण परिस्थितिमा संस्थालाई दिगो रुपमा सञ्चालन गर्न व्यवस्थापन, कर्मचारी र सदस्यबीचको विश्वास तथा सहकार्य सबैभन्दा महत्वपूर्ण आधार हो। जोखिम व्यवस्थापन र कर्जा असुलीको दृष्टिकोणबाट हेर्दा असुली केवल पैसा उठाउने प्रक्रियामात्र नभएर सदस्यसँगको सम्बन्ध जोगाउने माध्यम पनि हो। प्रत्येक सदस्यको वास्तविक अवस्था बुझेर समाधानमुखी संवाद गर्न आवश्यक हुन्छ। आर्थिक समस्या भएका सदस्यलाई किस्ता पुनर्तालिकीकरण, व्यावहारिक भुक्तानी योजना तथा आयआर्जन बढाउने उपायहरुबारे परामर्श दिन सकिन्छ। यसले सदस्यलाई संस्...
यो यात्रा हो जिन्दगीको चलिरहन्छ -गजलकार महता

यो यात्रा हो जिन्दगीको चलिरहन्छ -गजलकार महता

कला/साहित्य
गजल यो यात्रा हो जिन्दगीको चलिरहन्छ । जसरी कर्नाली अविरल बगिरहन्छ । पीडा भुल्न हर कोशिश जारी राखे, तै पनि एकपछि अर्को थपिरहन्छ । लाग्छ यो मुटु सार्वजनिक स्थान हो , सुख दुखले टहरो बनाइ बसिरहन्छ । अागो पानीको मित्रता कस्तो होला , जो रहेक समयमा फेरि फर्किरहन्छ । एकपछि अर्को पिडाको लहर चल्यो , जसरी घडीको सुईले पिछा गरिरहन्छ । @जय सिंह महता ...
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

Breaking News 2, समाचार
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभा उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिइन् । सुब्बा पूर्वडीआईजी र वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।...
रास्वपा महाधिवेशनः बन्दसत्र सुरु

रास्वपा महाधिवेशनः बन्दसत्र सुरु

Breaking News 2, राजनीति
चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारदेखि रोकिएको मङ्गलबार दिउँसो साढे ३ बजेपछि बन्दसत्र सुरु भएको हो। रास्वपाका शीर्ष नेता बन्दसत्र हुने हलमा पुगिसकेका छन्। पार्टी सभापति रवि लामिछाने, नेता स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता मञ्चमा उपस्थित हुनुहुन्छ। सभापति लामिछानेले घण्टी बजाएर बन्दसत्रको सुरुवात गर्नुभएको छ। बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने देखिनुभएको छैन। प्रधानमन्त्री शाह राजनीतिक प्रतिवेदन पेस गर्नुअघि हलमा उपस्थित हुनुहुने छ । बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले भन्नुभयो, “हामीले देखेका सपनालाई आधिकारिकता दिने यो अवसर हो।” सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको उल्लेख गर्दै परिणाम दिनुपर्नेमा जोड दिनुभयो । रास्वपामा योग्य व्यक्तिलाई मात्र प्...
लालझाडी गाउँपालिकाको २० औँ गाउँसभामा ४६ करोड बजेट पारित

लालझाडी गाउँपालिकाको २० औँ गाउँसभामा ४६ करोड बजेट पारित

आजको विशेष
असार ०९,लालझाडी ३। कञ्चनपुरको लालझाडी गाउँपालिकाको २० औँ गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। सोमबार गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। सभामा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।प्रस्तुत बजेटअनुसार आन्तरिक आय ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ९ करोड ५३ लाख, सशर्त अनुदान (चालु) १५ करोड ४२ लाख, सशर्त अनुदान (पुँजीगत) २८ लाख, विशेष अनुदान २ करोड २० लाख तथा समपूरक अनुदान २ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ९९ लाख ४० हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण ८५ लाख ६९ हजार, राजस्व बाँडफाँड १ करोड, सशर्त अन...
ईसान मेमोरियल अस्पताल द्धारा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन ८० जना लाभान्वीत

ईसान मेमोरियल अस्पताल द्धारा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन ८० जना लाभान्वीत

समाचार
लालझाडी ३। स्वास्थ्य सेवा अझै पनि धेरै ग्रामीण बस्तीका लागि सहज पहुँचको विषय बनेको छैन । आर्थिक अभाव, दूरी र जानकारीको कमीका कारण सामान्य स्वास्थ्य परीक्षणसमेत गराउन नपाउने अवस्था धेरै ठाउँमा यथावत् छ । यस्तै अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित कुण्डा पिकनिक स्पोर्टमा ईशान मेमोरियल अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा अस्पतालका चिकित्सक डा. जाकिर आलम नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो । टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दै रोगको प्रारम्भिक पहिचान, उपचार र आवश्यक सावधानीबारे परामर्शसमेत दिएको थियो । शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो । दिनभर सञ्चालन भएको शिविरमार्फत करिब ८० जना बिरामीले स्वास्थ्य परीक्षण, रगत जाँच, चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । अस्पतालका...