Author: साइनो नेटवर्क

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

Breaking News 2, मौसम
आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। त्यस्तै, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरा तथा आसपासका जिल्लामा बहने स-साना नदीमा बहाव उल्लेख्य...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

Breaking News 1, समाचार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार, रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३ सय ८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्...
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

खेलकुद
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै १५० रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण जापान जवाफी ब्याटिङमा उत्रन पाएन र खेल रद्द गरियो । योसँगै नेपाल २ खेलबाट ३ अंकसहित समूह विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्‍यो । नेपालले हिजो शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ । खेल मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ ।...
रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य

रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। बुधबार रास्वपा तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताए। ‘नयाँ–पुरानो भन्ने कुरा रास्वपामा हुँदैन। तनहुँले पनि यही मर्मलाई अगाडि बढाओस्,’ उनले भने, ‘तनहुँको पार्टी संरचनामा नयाँ र पुरानोबीच प्रतिस्पर्धाभन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस्।’ उनले पार्टीभित्र व्यक्तिको क्षमता, योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘कसमा क्षमता बढी छ भन्ने कुरामा प्रतिस्पर्धा होस्,’ महामन्त्री आचार्यले भने। बैठकमा जिल्लाको पार्टी सङ्गठन, आगामी कार्यदिशा तथा सङ्गठन सुदृ...
ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल

Breaking News 2, राजनीति
राजनीतिक विष्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत खनालले यस्तो बताएका हुन्। 'नेकपा एमाले पार्टी जीवनको जुन समय, परिवेश र अकर्मण्यताको अवस्थामा अधिनायकवादी ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा भित्र्याएका छन्- त्यसले एमालेको पतनलाई अझ नजिक्याएको छ,' उनले भने। पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्रित रहेको खनालको भनाइ छ। अर्कोतिर, पार्टीमा 'जाने' र 'लाने'का उद्देश्यहरू पनि एक अर्काका विपरीत रहेको बताए। साथै, उनले नेकपा एमालेमा विद्या भण्डारीको प्रवेश समाधन नभइ नयाँ द्वन्द्वको घमासान मात्र हुने बताएका छन्। 'पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्र...
राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहको सम्बोधन

Breaking News 1, अन्तर्राष्ट्रिय, राजनीति
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै भोटेकोशी–त्रिशूली विपत्तिदेखि हिमालयमा जलवायु सहकार्य, जलवायु न्याय, युद्ध र खाद्य आपूर्ति, तथा नयाँ विश्व व्यवस्थासम्मका विषय उठाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए। उनले हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन, तथ्यांक आदानप्रदान, हिमताल निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोगको प्रस्ताव गरे। शाहले जलवायु न्याय, क्षति–नोक्सानीको जिम्मेवारी, न्यायपूर्ण आपूर्ति प्रणाली र साना तथा गरिब देशको आवाज सुनिने बहुपक्षीय विश्व व्यवस्थामा जोड दिए। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवाय...
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

Breaking News 1
  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

Breaking News 2, राजनीति
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका उनको सचिवालयले जनाएको छ। भेटमा दुवै मन्त्रीले नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेका छन्। उनीहरूबिच नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको छ।...
जलवायु न्यायमा गुटेरेसको जोड

जलवायु न्यायमा गुटेरेसको जोड

Breaking News 2, अन्तर्राष्ट्रिय, मौसम
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

समाचार
लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समुदाय सदस्यका परिवारका ५ जना सदस्य बेपत्ता भएका छन्। संस्थाका अनुसार विभिन्न शाखा सञ्चालन कार्यालयमा आबद्ध सदस्यका परिवारका सदस्यहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–३ का प्रशान्त रेस्मी (३१), दाङ तुलसीपुर उपमहानगरपालिका–१९ का सुरेश चौधरी (३८), चितवन इच्छाकामना गाउँपालिका–१ का सुमन पुरी (३५), चितवन भरतपुर महानगरपालिका–१२ का कृष्णराज अर्याल (७०) र कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का रमेशराज जोशी (३३) रहेका छन्। बाढीपछि उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण, सुरक्षा निकाय तथा ...