मुख्यमन्त्री शाहको एक बर्ष, एस्ताछन् एक बर्षमा गरेका मुख्य उपलब्धी 

Advertisement

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक बर्षे प्रगति विवरण सार्वजनिक गर्नु भएको हो । शाह २०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि गत वर्ष साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले सरकारको एक वर्ष कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारको एक वर्षे कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताएका छन् । एक वर्षे प्रगति प्रतिवेदन सुनाउँदै उनले आफू नेतृत्वको सरकारले साक्षर प्रदेश घोषणा गरेको बताए । आफ्नो कार्यकालमा १८ वटा ऐन नियम, निर्देशिका तथा कार्यविधिहरू जारी गरिएको मुख्यमन्त्री शाहले बाए । त्यसका साथै प्रदेश सरकारको खर्च गर्ने क्षमतामा पनि वृद्धि भएको उनले बताए । ‘अनेक चुनौती र कठिनाइको सामना गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७०।२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएका छौँ,’ उनले भने, ‘जुन यस प्रदेश सरकारको अहिले सम्मको उच्च उपलब्धि हो ।’ उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरू मध्ये ५१ दशमलव ६ प्रतिशत अंक हासिल गरी सुदूरपश्चिम प्रथम बनेको समेत बताए ।

सडक पूर्वाधार

मुख्यमनत्री शाहले एक बर्षको अवधिमा ३ सय ५५ किलोमिटर सडक कालोपत्रे, ग्राभेल र मर्मत गरेको बताएका छन् । उनका अनुसार प्रदेश सरकारले एक सय ६ किलोमिटर सडक कालोपत्रे, एक सय ३ किलोमिटर सडक ग्राभेल र एक सय ४६ किलोमिटर कच्ची सडक गरी जम्मा तीन सय ५५ किमी सडक मर्मत गरिएको छ ।

खानेपानी

गत वर्ष प्रदेश सरकारले १ लाख बढी जनसङ्ख्यालाई खानेपानीको सुविधा दिएको मुख्यमन्त्री शाहले बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले २०८२ असार मसान्त सम्म थप १ लाख ३ हजार ५ सय २४ जनसङ्ख्यालाई खानेपानी सुविधा थप गरिएको बताए । त्यस्तै खानेपानीका ८ सय ४१ इन्टेक जडान, ५ सय १६ पोखरी निर्माण, २ हजार १ सय ३३ किलोमिटर पाइपलाइन जडान लगायतका कार्य गरेको उनको भनाई छ । त्यसका साथै ११ हजार ९ सय ३९ निजी धारा जडान गरिएको मुख्यमनत्री शाहले बताएका छन् ।

वित्तिय शुनिश्चिचता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहका अनुसार १३ अर्ब ३८ करोड ७० लाख रकम बरावरको आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भई आयोजनाको काम सुरुवात गरिएको छ ।

पनि बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विकास संस्था ९आइडिए० र नेपाल सरकार बिच भएको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता अनुसार कैलालीका ३ र डोटीको एउटा पालिकामा आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त आयोजना कैलालीको जानकी, बर्दगोरीया र जोशीपुर गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा सञ्चालन गरिने उनले बताए । त्यति मात्रै नभई गत आर्थिक वर्षमा १ हजार ६२८ हेक्टर जमिनमा सिँचाई सुविधा थप गरिएको उनले बताए । उनले २७ किलोमिटर तटबन्ध निर्माणका साथै २७ हेक्टर जमिन नदी उकासबाट प्राप्त भएको समेत बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...