प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि आवश्यक गृहकार्य भैरहेको छ- उपकुलपति डा. जोशी

Advertisement

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट रहेका थिए.।

धनगढी। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि गृहकार्य भैरहेको बताएका छन्।

बुधबार कञ्चनपुरको बेलौरीमा भाषा आयोगद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति जोशीले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको सरकारी मानक भाषाका लागि डोट्याली र थारू भाषाको सिफारिस गरिसकेको भए पनि ऐन बन्न नसक्दा कार्यान्वयन भइनसकेको बताए। उनले सरोकारवाला सबै भाषाभाषिहरूसंग अन्तरक्रिया गरी मानक भाषाको निर्धारणका लागि कानून निर्माण गरिनु आवश्यक रहेको बताए। उपकुलपति जोशीले डोटेली भाषालाई खण्डीकृत गर्ने प्रयास गरिनु उपयुक्त नभएको बताउदै प्राचीन डोटी सभ्यताको भाषा नै डोटेली भाषा भएकोले अनावश्यक विवाद गर्न नहुने बताए।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट रहेका थिए.।

समारोहमा प्रदेश सभा सदस्य गीता चौधरी, संविधान सभा सदस्य कृपाराम राना, पूर्व सांसद लक्ष्मी चौधरी, साहित्यकार पदमराज जोशी, भाषा आयोगका सदस्य डा.पुष्कर भट्ट,

लगायतले आ आफ्ना धारणा र सुझाब राखे।

कार्यक्रममा लक्की चौधरीले थारू भाषाबारे,रमेश पन्त मीतबन्धुले डोटेली भाषाबारे र डा. ज्ञानु अधिकारी मातृभाषा शिक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा कैलाली कञ्चनपुरका सय बढी स्रष्टाहरू, राजनीतिज्ञ र भाषाविदको सहभागिता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...