भारतले २६ वटा राफेल लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गर्‍याे

Advertisement

भारतले आफ्नो जलसेनाका लागि राफेल समुद्री लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गरेको छ ।

धनगढी। भारतले आफ्नो जलसेनाका लागि राफेल समुद्री लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गरेको छ । भारतले ६४ हजार कराेड भारु बराबरको २६ वटा लडाकु विमान खरिद गर्न आज फ्रान्ससँग सम्झौता गरेको भारतीय रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

 

यो खरिदलाई यस महिनाको शुरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भारतको सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।

 

भारतले आफ्नो सेनालाई आधुनिकीकरण गर्ने, रुसी उपकरणहरूमाथिको निर्भरता घटाउने र पाकिस्तान र चीनसँगको दुई विवादास्पद सीमाहरूमा तैनाथ सेनाहरूलाई आपूर्ति गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयास गरिरहेका बेला यो सम्झौता भएको खबरमा उल्लेख छ ।

 

भारतीय जलसेनाले विगत एक दशकमा हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिको बारेमा चिन्ता व्यक्त गर्दै आएको छ । राफेल–एमलाई विश्वको सबैभन्दा उन्नत नौसेना लडाकू विमानहरूमध्ये एक मानिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...