हमासले इसराइललाई हस्तान्तरण गर्‍यो थप ४ बन्धकको शव

Advertisement

हमासले इसराइललाई थप चार जना बन्धकको शव हस्तान्तरण गरेको छ।

हमासले इसराइललाई थप चार जना बन्धकको शव हस्तान्तरण गरेको छ।

बिहिबार बिहान हमासले रेड क्रसमार्फत इसराइललाई हस्तान्तरण गरेको हो। यो पटक हमासले हस्तान्तरण गरेको चारै शव पुरूषको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

८५ वर्षका श्लोमो मन्त्जुर, ६९ वर्षका इज्हक इलगारत तथा ४९/४९ वर्षका त्साची इदान र ओहाद याहालोमी छन्।

शव इसराइल पुर्‍याइएको र फरेन्सिक चेकजाँच भइरहेको टाइम्स अफ इसराइलले जनाएको छ।

हमासले युद्धविराम सम्झौता कार्यान्वयन नगरेको भनेर इसराइलले गत साता बन्धकको बदलामा कैदीहरू छाडेन।

अघिल्लो साता हमासले ६ जना बन्धक रिहा गरेको थियो। त्यसको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदी छाड्ने भनिएको थियो। तर पटकपटक युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएर इसराइलले त्यस दिन बन्दी रिहा गरेको थिएन।

बिहीबार भने इसराइलले ६२० जना कैदी छाडेको समाचार संस्था रोयटर्सले जनाएको छ। तीमध्ये १५१ जना आजिवन कैद सजाय तोकिएका व्यक्तिहरू रहेको भनिएको छ।

गजामा बन्धकमध्ये ३० जना मारिएको इसराइली अधिकारीहरूको आकलन छ। ती मध्ये केही हमासले र केही इसराइल आक्रमणमा मारिएका थिए।

माघ ५ गतेदेखि सुरू भएको युद्धविरामको पहिलो चरणको समयावधि सकिनै लागेको छ। तर मध्यस्तकर्ताहरूले दोस्रो चरणको युद्धविरामका लागि छलफल अगाडि नबढाएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हमासले यसअघि चार जनाको शव हस्तान्तरण गरेको थियो। त्यतिबेला परीक्षण गर्दा चार मध्ये एउटा शव पहिचान नखुलेको व्यक्तिको रहेको र बन्धकको नरहेको पाएको थियो।

इसराइलको दबाबपछि हमासले गत शुक्रबार बन्धकको शव हस्तान्तरण गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...