हमासले इसराइललाई हस्तान्तरण गर्‍यो थप ४ बन्धकको शव

Advertisement

हमासले इसराइललाई थप चार जना बन्धकको शव हस्तान्तरण गरेको छ।

हमासले इसराइललाई थप चार जना बन्धकको शव हस्तान्तरण गरेको छ।

बिहिबार बिहान हमासले रेड क्रसमार्फत इसराइललाई हस्तान्तरण गरेको हो। यो पटक हमासले हस्तान्तरण गरेको चारै शव पुरूषको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

८५ वर्षका श्लोमो मन्त्जुर, ६९ वर्षका इज्हक इलगारत तथा ४९/४९ वर्षका त्साची इदान र ओहाद याहालोमी छन्।

शव इसराइल पुर्‍याइएको र फरेन्सिक चेकजाँच भइरहेको टाइम्स अफ इसराइलले जनाएको छ।

हमासले युद्धविराम सम्झौता कार्यान्वयन नगरेको भनेर इसराइलले गत साता बन्धकको बदलामा कैदीहरू छाडेन।

अघिल्लो साता हमासले ६ जना बन्धक रिहा गरेको थियो। त्यसको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदी छाड्ने भनिएको थियो। तर पटकपटक युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएर इसराइलले त्यस दिन बन्दी रिहा गरेको थिएन।

बिहीबार भने इसराइलले ६२० जना कैदी छाडेको समाचार संस्था रोयटर्सले जनाएको छ। तीमध्ये १५१ जना आजिवन कैद सजाय तोकिएका व्यक्तिहरू रहेको भनिएको छ।

गजामा बन्धकमध्ये ३० जना मारिएको इसराइली अधिकारीहरूको आकलन छ। ती मध्ये केही हमासले र केही इसराइल आक्रमणमा मारिएका थिए।

माघ ५ गतेदेखि सुरू भएको युद्धविरामको पहिलो चरणको समयावधि सकिनै लागेको छ। तर मध्यस्तकर्ताहरूले दोस्रो चरणको युद्धविरामका लागि छलफल अगाडि नबढाएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हमासले यसअघि चार जनाको शव हस्तान्तरण गरेको थियो। त्यतिबेला परीक्षण गर्दा चार मध्ये एउटा शव पहिचान नखुलेको व्यक्तिको रहेको र बन्धकको नरहेको पाएको थियो।

इसराइलको दबाबपछि हमासले गत शुक्रबार बन्धकको शव हस्तान्तरण गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...