कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा।

Advertisement

धनगढी कैलालीको खुटिया खोलाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ।

कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा

धनगढी कैलालीको खुटिया खोलाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ।

 

जिल्ला समन्वय समिति, कैलालीसहितको स्थलगत अनुगमन टोलीले १७ ट्याक्टर, सात ट्रिपर र २ वटा डोजर नियन्त्रणमा लिएको हो।

 

अनुगमन टोलीले बिहिवार नियन्त्रणमा लिएका २६ सवारी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ। जिल्ला समन्वय समिति, कैलालीका उप–प्रमुख खगराज भुषालले सेहरी क्षेत्रको खुटिया नदीमा दोहन गर्दै गरेको अवस्थामा सवारी नियन्त्रणमा लिएको बताए।

 

सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५९, से २ त ३५४३, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८१०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८०९, भे १८–६९५९, से १ त ५४४९, से १ त ४८८४, से १ त ६१६५, से १ त ७३८७, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९२३ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो।

 

यस्तै, सुदूरपश्चिम प्रदेश ०१–००१ त ५०४०, लुम्बिनी प्रदेश ०३–००१ त ०१०७, लुम्बिनी प्रदेश ०३–००१ त ००८७, से २ त १२२०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ५६३२ र सुदूरपश्चिम प्रदेश ०१–००२ त ३६९२ नम्बरका सवारी प्रहरीको नियन्त्रणमा छन। अनुगमन टोलीले सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२०३, से १ ग १०७ र सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२०२, सुदूरपश्चिम प्रदेश ०२–००१ क ५३७, सुदूरपश्चिम प्रदेश ०२–००१ क ५३२ र से १ क १२३० नम्बरका ट्रिपर नियन्त्रणमा लिएको छ। यस्तै, से १ ग ६६ र सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२१० नम्बरको डोजरसमेत नियन्त्रणमा लिइएको छ।

 

कैलालीको गोदावरी नगरपालिका–९ सेहरी क्षेत्रको खुटिया नदीबाट २६ सवारी नियन्त्रणमा लिइएको हो। धनगढी उपमहानगरपालिकाको डोजर र ट्रिपरहरुसमेत नियन्त्रणमा लिएको अनुगमन टोलीले बताएको छ।

 

मापदण्ड विपरीत नदीको दोहन गरेको भन्दै सवारी नियन्त्रणमा लिइएको हो। गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको नदी क्षेत्रबाट २ डोजर प्रयोग गरेर नदीजन्य पदार्थ सङ्कलन हुँदै आएको टोलीले बताएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...