समीक्षालाई पाखेको संज्ञा दिँदै ज्योतिले भनिन्: एयरलायन्सलाई गाली गर्नु बेकुफी हो

Advertisement

गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् ।

काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् ।

आइतबार बिहान समीक्षाले श्री एयरलायन्सबाट आफूले धोका पाएको र समयमा नै उडान नहुँदा आफ्नो कार्यक्रम छुटेको भन्दै आक्रोश पोखेकी थिईन् । समीक्षाको स्टाटसलगत्तै ज्योतिले लामो स्टाटस लेखेकी छन् । उनले स्टाटस्मा एयरलायन्सलाई गाली गर्नेलाई पाखेको संज्ञासमेत दिएकी छन् ।

‘म अचेल प्रत्येक दिन दुई ओटा जति फ्लाइट गर्छु । एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु, पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर चार ओटा फ्लाइट सम्म गरे । मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो । किनकी प्रकृति भन्दामाथी हामी कोही छैनौं’ उनले लेखेकी छन् ।

भर्खर भर्खर प्लेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकाँस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफुलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा आफूलाई हाँसो लाग्ने उनको भनाई छ ।

‘नेपाल को एयरपोर्ट एयरलाइन्सहरुको बारेमा बुझ पाखेहरु । कुनै पनि एयरलाइन्सहरुले जानीजानी दुख दिदैननर । एयरपोर्ट सानो छ । अन्तरास्ट्रिय उडानदेखि डोमेस्टिक उडान एउटै रनवएमा हुन्छ। विभिन्न टेक्निकल कुराहरु हुन्छन । जहाजहरु उड्न उडाउन पार्किङ गर्न सबै कुराको अनुमती दिने निश्चित निकाय हरु हुन्छन । एउटा प्यासेन्जरले सिट बेल्टमात्रै लाउन नमानिँदिदा टेकअफ पोइन्टमा पुगेको जहाजसम्म फर्काउनुपर्ने सास्ती एयरलाइन्सवालाले भोग्नु पर्छ । साझा बस चढेर ड्राइभरलाई, बस स्टाफलाई मन लागि गाली गर्या जस्तो होइन । फलानो एयरलाइन्स ठिक छ । फलानो एयरलाईन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो’ उनले भनेकी छन् ‘प्रीय कलाकारहरु आजभोलि एउटा नियम छ । एयरपोर्टभित्र जाहाजको वरिपरी फोटो खिच्न पाइदैन । प्लेन तिर फर्केर फोटो खिचेर आफुलाई भयङ्कर ठूलो व्यस्त कलाकार नदेखाउनु होला । कलाकार हुनुभन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौं । धन्यवाद तोर्पे ज्युहरु’ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...