समीक्षालाई पाखेको संज्ञा दिँदै ज्योतिले भनिन्: एयरलायन्सलाई गाली गर्नु बेकुफी हो

Advertisement

गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् ।

काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् ।

आइतबार बिहान समीक्षाले श्री एयरलायन्सबाट आफूले धोका पाएको र समयमा नै उडान नहुँदा आफ्नो कार्यक्रम छुटेको भन्दै आक्रोश पोखेकी थिईन् । समीक्षाको स्टाटसलगत्तै ज्योतिले लामो स्टाटस लेखेकी छन् । उनले स्टाटस्मा एयरलायन्सलाई गाली गर्नेलाई पाखेको संज्ञासमेत दिएकी छन् ।

‘म अचेल प्रत्येक दिन दुई ओटा जति फ्लाइट गर्छु । एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु, पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर चार ओटा फ्लाइट सम्म गरे । मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो । किनकी प्रकृति भन्दामाथी हामी कोही छैनौं’ उनले लेखेकी छन् ।

भर्खर भर्खर प्लेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकाँस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफुलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा आफूलाई हाँसो लाग्ने उनको भनाई छ ।

‘नेपाल को एयरपोर्ट एयरलाइन्सहरुको बारेमा बुझ पाखेहरु । कुनै पनि एयरलाइन्सहरुले जानीजानी दुख दिदैननर । एयरपोर्ट सानो छ । अन्तरास्ट्रिय उडानदेखि डोमेस्टिक उडान एउटै रनवएमा हुन्छ। विभिन्न टेक्निकल कुराहरु हुन्छन । जहाजहरु उड्न उडाउन पार्किङ गर्न सबै कुराको अनुमती दिने निश्चित निकाय हरु हुन्छन । एउटा प्यासेन्जरले सिट बेल्टमात्रै लाउन नमानिँदिदा टेकअफ पोइन्टमा पुगेको जहाजसम्म फर्काउनुपर्ने सास्ती एयरलाइन्सवालाले भोग्नु पर्छ । साझा बस चढेर ड्राइभरलाई, बस स्टाफलाई मन लागि गाली गर्या जस्तो होइन । फलानो एयरलाइन्स ठिक छ । फलानो एयरलाईन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो’ उनले भनेकी छन् ‘प्रीय कलाकारहरु आजभोलि एउटा नियम छ । एयरपोर्टभित्र जाहाजको वरिपरी फोटो खिच्न पाइदैन । प्लेन तिर फर्केर फोटो खिचेर आफुलाई भयङ्कर ठूलो व्यस्त कलाकार नदेखाउनु होला । कलाकार हुनुभन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौं । धन्यवाद तोर्पे ज्युहरु’ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...