क्लब मेम्बरलाई भाटभटेनीमा २२ करोडको गिफ्ट भौचर

Advertisement

ग्राहक सुविधा बाहेक भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन् ।

काठमाडौं । भाटभटेनी सुपर स्टोरले नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी परिमाण बराबरको गिफ्ट भौचर घोषणा गरेको छ ।

यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले पाएको गिफ्ट भौचर बराबर सामग्री देशभरि फैलिएका २७ वटा भाटभटेनी स्टोरमा जहाँबाट पनि खरिद गर्न सकिने भाटभटेनीले जनाएको छ ।

भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये हालसम्म १ लाख ९ हजार ५ सय २९ जनाले गिफ्ट भौचर प्राप्त गरेको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।

कम्तीमा १ हजार ३ सयदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेको उनले बताए । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३ सय २४ रुपैयाँ बराबर हुनेछ ।

सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य ६ माघदेखि ९ फागुन २०८१ सम्म रहने छ ।

भाटभटेनी सुपर स्टोरले ग्राहकका लागि धेरै प्रकारका सुविधाका प्याकेज बेला–बेला घोषणा गर्दै आएको छ । चाडबाड र पर्वहरूमा पनि सधैं विशेष छुट दिंदै आएको पनि पौडेलले बताए ।

ग्राहक सुविधा बाहेक भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन् ।

गत असोज महिनामा काठमाडौं र देशका अन्य क्षेत्रमा आएको बाढी-पहिरोबाट पीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए ।

त्यस्तै, नेकपा एमालेको कार्यालय बाढीको डुबानमा परेपछि गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन् ।

त्यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल (कियोच) लाई ४१ करोड रुपैयाँ सहयोग गरेका थिए ।

त्यसबाहेक जाजरकोट भूकम्पका बेला सहयोग गर्ने, टिचिङ अस्पतालको इमर्जेन्सी भवन बनाइदिने, दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाउने जस्ता अनेक सामाजिक कार्यमा भाटभटेनी अध्यक्ष गुरुङको देन छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...