धनगढी। कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका २ बस्ने २७ वर्षीय दिलिप ढकाल र चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएको जानकी गाउँपालिका ९ बस्ने २१ वर्षीय जिवन चौधरी पक्राउ परेका छन्।...
वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० यात्रु सवार एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ ।
अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो । यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन् ।
खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो ।
गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा त्यसमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।
फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एउटा मे...
धनगढी। कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको छ ।
कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै रकम समेत असुलेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठा...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य भएको छ ।
बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशमाथि छलफल हुने कार्यसूची थियो । जसपा नेपालका अध्यक्ष यादवले अध्यादेशका सवालमा साथ नदिने भएपछि सरकार पछाडि हटेको हो ।
अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । उक्त भेटमा सहमति नजुटेपछि सरकारले सदनमा अध्यादेशलाई अगाडि नबढाएको हो ।
संसदीय दलको बैठकमा पनि अध्यक्ष यादवले अध्यादेशको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए ।
उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशको बारेमा अध्ययन गरी बिहीबार प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनले पनि अध्यादेश मधेसको पक्षमा नरहेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव दिएको छ ।
जसपा नेपाल राष्...
काठमाडौं। काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।...
सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु।रौतहटमा सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा २२ वर्षीय सुरज यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएका थिए। मंगलबारदेखि जारी खोजीपछि आज बिहान उनकाे शव फेला परेको छ।
शव माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो र पोस्टमार्टमपछि परिवारको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।...
चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् ।
उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् ।
जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौं...
धनगढी। कैलालीमा मापसे गरेर एक युवकमाथि बोतल हानिएको छ । गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति अत्तरिया नजिकै चौकीडाँडामा शिशाको बोतलले हानिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए । उनको अत्तरियाको पद्य्मा अस्पतालमा उपचार भइरहेको छ ।
बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए । उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।
...
धनगढी ।अछाममा मृत फेला परेका दुईजना किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । जिल्लाको ढकारी गाउँपालिका-१ छिन्ने जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या ढकारी गाउँपालिका -३ बस्ने दुई किशोरले हत्या गरेको खुलेको हो।यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुईजना किशोरले किशोरीको हत्या गरेको खुलेको छ ।
पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको ...