धनगढीमा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीको नयाँ शाखा सञ्चालनमा, मन्त्री खड्काद्वारा उद्घाटन

Advertisement

जापानी भाषा शिक्षामा क्रियाशील सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीले सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

धनगढी । जापानी भाषा शिक्षामा क्रियाशील सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीले सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एकेडेमीका सञ्चालक महेश रावलको अगुवाइमा धनगढी ४ उत्तरबेहडी चोकमा स्थापना गरिएको यो शाखाको आज सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले औपचारिक उद्घाटन गरेकी हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले सुदूरपश्चिमका युवाहरूले जापानी भाषा सिक्न अब काठमाडौं जानुपर्ने बाध्यता हटेको बताइन्। “विदेश जानु भन्दा पहिला, आफ्नो ठाउँमै भाषा सिक्ने व्यवस्था हुनु अत्यन्तै सराहनीय छ,“ मन्त्री खड्काले भनिन्, “भाषा जुनसुकै देशको होस्, सिक्ने चाहना सकारात्मक हो, तर त्यसका लागि विदेशीने सोचमा मात्रै केन्द्रित हुनु जरुरी नहुने उनको भनाई छ ।

उनले प्रदेश सरकार अब नयाँ नीति निर्माणको चरणमा रहेको उल्लेख गर्दै अबदेखि निजी इन्स्टिच्युट खोल्नको लागि स्पष्ट अनुमति प्रक्रिया र नियमन प्रणाली लागू हुने जानकारी दिइन्। उनले बिगतमा केही संस्थाहरूले छोटो अवधिको कोर्स भनेर विद्यार्थीलाई अलमल्याएको गुनासो आएको स्मरण गर्दै अब यस्ता गतिविधिमाथि गम्भीर निगरानी गरिने बताइन्।

उनले “इन्स्टिच्युटहरू सञ्चालन गर्नु राम्रो कुरा भएपनी दीगो, पारदर्शी र गुणस्तरीय हुन जरुरी रहेको मन्त्री खड्काले स्पष्ट पारिन्।

कार्यक्रममा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीका सञ्चालक महेश रावलले विगत पाँच वर्षदेखि काठमाडौंको सोह्रखुट्टे, पुतलीसडक र कीर्तिपुरमा एकेडेमी सञ्चालन गर्दै आएको अनुभव धनगढीमा पनि लागू गरिएको बताए। उनले जापानी भाषाप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखी विद्यार्थी, वर्किङ भिसा तथा एसएसडब्लु वान भिसा तयारी कक्षालाई लक्षित गरी शाखा विस्तार गरिएको जानकारी दिए।

रावलका अनुसार एकेडेमीमा जापानमा बसोबास गरी भाषा र कार्य अनुभव आर्जन गरेका दक्ष प्रशिक्षकहरू संलग्न छन्। हाल दुईजना प्रमाणित ल्याङ्ग्वेज इन्स्ट्रक्टर तथा एकजना दक्ष डकुमेण्टेसन अफिसरसहितको टोलीले सेवा दिने बताएका छन् । सञ्चालक रावलले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको भन्दै यहाँ पढाउने संरचना, तालिम दिने शैली र विद्यार्थीलाई दिइने सल्लाह सबै प्रमाणित र व्यावसायिक हुने बताए । उनले सुदुरपश्चिम र धनगढीमै हामी फरक शैलीमा उत्कृष्ट परिणाम दिने प्रयासमा रहेको बताए ।

उनले पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको भ्रम र अविश्वासलाई तोड्दै सगोलले विश्वासिलो र जिम्मेवार शिक्षण वातावरण निर्माण गर्न खोजेको बताए। “धनगढीमा विगतमा विभिन्न कन्सलटेन्सी तथा इन्स्टिच्युटबारे नकारात्मक चर्चा भए पनि हामी त्यसलाई चिर्दै विश्वसनीयता स्थापित गर्ने उद्देश्यमा रहेको उनले स्पष्ट पारे।

उद्घाटन कार्यक्रममा स्थानीय अभिभावक, युवा विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले एकेडेमीले ल्याएको शिक्षण शैलीप्रति चासो र आशा व्यक्त गरेका थिए।धनगढी शाखा मार्फत जापानी भाषाको गहिरो अध्ययन गर्ने, भाषा परीक्षणको तयारी गर्ने र विदेश जाने आकांक्षी विद्यार्थीहरूलाई मार्गदर्शन दिने लक्ष्य एकेडेमीले लिएको समेत सञ्चालक रावलले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेक...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक...
बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौर...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्व...