धनगढीमा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीको नयाँ शाखा सञ्चालनमा, मन्त्री खड्काद्वारा उद्घाटन

Advertisement

जापानी भाषा शिक्षामा क्रियाशील सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीले सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

धनगढी । जापानी भाषा शिक्षामा क्रियाशील सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीले सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एकेडेमीका सञ्चालक महेश रावलको अगुवाइमा धनगढी ४ उत्तरबेहडी चोकमा स्थापना गरिएको यो शाखाको आज सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले औपचारिक उद्घाटन गरेकी हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले सुदूरपश्चिमका युवाहरूले जापानी भाषा सिक्न अब काठमाडौं जानुपर्ने बाध्यता हटेको बताइन्। “विदेश जानु भन्दा पहिला, आफ्नो ठाउँमै भाषा सिक्ने व्यवस्था हुनु अत्यन्तै सराहनीय छ,“ मन्त्री खड्काले भनिन्, “भाषा जुनसुकै देशको होस्, सिक्ने चाहना सकारात्मक हो, तर त्यसका लागि विदेशीने सोचमा मात्रै केन्द्रित हुनु जरुरी नहुने उनको भनाई छ ।

उनले प्रदेश सरकार अब नयाँ नीति निर्माणको चरणमा रहेको उल्लेख गर्दै अबदेखि निजी इन्स्टिच्युट खोल्नको लागि स्पष्ट अनुमति प्रक्रिया र नियमन प्रणाली लागू हुने जानकारी दिइन्। उनले बिगतमा केही संस्थाहरूले छोटो अवधिको कोर्स भनेर विद्यार्थीलाई अलमल्याएको गुनासो आएको स्मरण गर्दै अब यस्ता गतिविधिमाथि गम्भीर निगरानी गरिने बताइन्।

उनले “इन्स्टिच्युटहरू सञ्चालन गर्नु राम्रो कुरा भएपनी दीगो, पारदर्शी र गुणस्तरीय हुन जरुरी रहेको मन्त्री खड्काले स्पष्ट पारिन्।

कार्यक्रममा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीका सञ्चालक महेश रावलले विगत पाँच वर्षदेखि काठमाडौंको सोह्रखुट्टे, पुतलीसडक र कीर्तिपुरमा एकेडेमी सञ्चालन गर्दै आएको अनुभव धनगढीमा पनि लागू गरिएको बताए। उनले जापानी भाषाप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखी विद्यार्थी, वर्किङ भिसा तथा एसएसडब्लु वान भिसा तयारी कक्षालाई लक्षित गरी शाखा विस्तार गरिएको जानकारी दिए।

रावलका अनुसार एकेडेमीमा जापानमा बसोबास गरी भाषा र कार्य अनुभव आर्जन गरेका दक्ष प्रशिक्षकहरू संलग्न छन्। हाल दुईजना प्रमाणित ल्याङ्ग्वेज इन्स्ट्रक्टर तथा एकजना दक्ष डकुमेण्टेसन अफिसरसहितको टोलीले सेवा दिने बताएका छन् । सञ्चालक रावलले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको भन्दै यहाँ पढाउने संरचना, तालिम दिने शैली र विद्यार्थीलाई दिइने सल्लाह सबै प्रमाणित र व्यावसायिक हुने बताए । उनले सुदुरपश्चिम र धनगढीमै हामी फरक शैलीमा उत्कृष्ट परिणाम दिने प्रयासमा रहेको बताए ।

उनले पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको भ्रम र अविश्वासलाई तोड्दै सगोलले विश्वासिलो र जिम्मेवार शिक्षण वातावरण निर्माण गर्न खोजेको बताए। “धनगढीमा विगतमा विभिन्न कन्सलटेन्सी तथा इन्स्टिच्युटबारे नकारात्मक चर्चा भए पनि हामी त्यसलाई चिर्दै विश्वसनीयता स्थापित गर्ने उद्देश्यमा रहेको उनले स्पष्ट पारे।

उद्घाटन कार्यक्रममा स्थानीय अभिभावक, युवा विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले एकेडेमीले ल्याएको शिक्षण शैलीप्रति चासो र आशा व्यक्त गरेका थिए।धनगढी शाखा मार्फत जापानी भाषाको गहिरो अध्ययन गर्ने, भाषा परीक्षणको तयारी गर्ने र विदेश जाने आकांक्षी विद्यार्थीहरूलाई मार्गदर्शन दिने लक्ष्य एकेडेमीले लिएको समेत सञ्चालक रावलले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...