गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् ।

‘ड्युटीमा रहेका प्रहरीलाई अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुको नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि गरेनछ’ गृहमन्त्रीमाथि प्रश्न उठाउँदै मंगलबार खनालले प्रतिनिधि सभाको बैठकमा भने। खनाल त्यही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । आफूलाई त्यहाँका धेरै विद्यार्थीले म्यासेज समेत गरेको उनले सुनाए ।

‘क्याम्पसमा, कक्षा कोठामा सँधै विद्यार्थी नेताहरूको दादागिरी चल्थ्यो । अब त पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ?’ विद्यार्थीहरुले आफूलाई गरेको म्यासेज वाचन गरे ।

‘कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाइने, कहिले सत्ता टिकाउनपर्ने बाहनामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान अनुसन्धान पनि गर्न आँट नगर्ने रु’ खनालको प्रश्न छ ।

एकातिर अभद्र व्यवहार भनेर आशिका तामाङहरू जस्तालाई पन्ध्र दिनसम्म हतकडी लगाएर डुलाउने, अर्कोतिर सत्तामा नजिक भएकालाई अनुसन्धान नै नगर्ने प्रवृति देखा परेको भन्दै उनले सरकार र गृहमन्त्रीमाथि प्रश्न उठाए ।

‘दलको आधारमा दलीय विद्यार्थीहरूलाई मात्रै यो देश सुरक्षित छ भनेर हामीले नेपाली युवाहरूलाई यही देशमा बस भनेर म्यासेज दिइराखेका छौं त ?’
युवाहरू विदेश गएको भनेर चिन्तित भएको नेताहरूको अभिव्यक्ति सुन्ने गरिएको उल्लेख गर्दै उनले व्यवहारमा दलको आवद्धताको आधारमा संरक्षण गर्ने प्रवृति मौलाएको उनको आरोप छ ।

‘दलको आधारमा दलीय विद्यार्थीहरूलाई मात्रै यो देश सुरक्षित छ भनेर हामीले नेपाली युवाहरूलाई यही देशमा बस भनेर म्यासेज दिइराखेका छौं त रु’ सरकारलाई उनको प्रश्न छ ।

‘दुई तिहाइको तपाईंहरुको बहुमत छ । गृहमन्त्रीले आफैँले कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने ? तपाईंहरुलाई भोटै मात्रै हाल्न यो देशमा बसिदिनुपर्ने हो त रु’ खनालले प्रश्नमाथि प्रश्न गरे ।

यहीँनेर उनले गगृहमन्त्रीमाथि नैतिकताको प्रश्न गरे ।

‘गम्भीर प्रश्न उठेको छ । आफ्नो कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले आफ्नो कुर्सीमा बस्ने हो रु हामीलाई जवाफ दिनुपर्‍यो’ सांसद खनालले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

६ हजार ५८४ मतसहित नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी ...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुस...