गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने- पहिलो दिन अध्यादेश पेस, त्यसपछि प्रतिस्थापन विधेयक

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हिउँदे अधिवेशनको पहिलो दिन नै अध्यादेश पेस गर्ने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राखेका छन् ।

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हिउँदे अधिवेशनको पहिलो दिन नै अध्यादेश पेस गर्ने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राखेका छन् ।

सोमबार साँझ सरकारी निवास बालुवाटारमा बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको प्रारम्भमा नै उनले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरू संसद्को पहिलो दिनमै पेस गर्ने जानकारी गराएका थिए ।

साथै, छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने पनि उनले बैठकमा भनाइ राखेको उनको सचिवालयले बताएको छ ।

संसद्लाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ । त्यसअघि तयारीस्वरुप अहिले गठबन्धन दलका नेताहरूको बैठक चलिरहेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

तल्लो स्वराड : पर्यटनको अपार सम्भावना, विकासको पर्खाइमा ओझेलिएको क्षेत्र

सम्पादकीय बैतडी जिल्लाको तल्लो स्वराड प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था र मौलिक सांस्कृतिक पहिचानले भरिपूर्ण सम...
प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं, १३ कात्तिक। समाचार कक्षबाटै पक्राउ गरिएका सबै पत्रकार रिहा भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कडा निर्देशन...
डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको ...
विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

लालझाडी (कञ्चनपुर) । कञ्चनपुरको ऐतिहासिक पुरानो सदरमुकाम बेलौरी बजारको खस्कँदो व्यापार, कृषि र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश...
तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

धनगढी ,असोज -२१ चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन। खगरा...
जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

      २०८२ फागुन २१ गतेमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक जनमतले म...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...