ताजा अपडेट

सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम, स्वस्थ्य
धनगढी । थारू समुदायमा खेखिने सिकलसेल एनिमिया राेगकाे ओैषधि नेपाल सरकारले निशुल्क वितरण गर्ने तयारी गरेकाे छ । भारत सरकार संगकाे सहयाेगमा सरकारले सिकल सेलका बिरामीलाई निशुल्क ओैषधि वितरणकाे तयारी थालेकाे स्वनस्थ्य तथा जनसंख्या मन्ती प्रदीप पाैडेकाे भनाई छ । मन्त्री पाैडेलका अनुसार विश्वस्वास्थ्य संगठनको सहयोगामा भारतबाट औषधी ल्याउने सम्झौता भइसकेकाले सिकलसेलका विरामीलाई छिट्टै निशुल्क औषधी वितरण गरिने छ । ओैषधि निशुल्क वितरण गरेपछि विरामिलाई सहज अपेक्षा गरिएकाे मन्त्री पाैडेलकाे भनाई छ । सिकलसेल राेग जटिल प्रकृतिकाे भएका कारण सरकारले राेगिकाे उपचारका लागि देशभर छुट्टै व्यवस्था गर्न थालेकाे मन्त्री पाैडेलकाे भनाई छ । मन्त्री पौडेलले सेती प्रादेशिक अस्पतालमा पनि सिकलसेल एनिमिया रोगको उपचारका लागि छुट्टै वार्ड निर्माण गर्न निर्देशन दिएकन छन् । ५ देखि १० वेड सम्मको छुट्टै वार्ड निर्म...

भारतमा सवारी दुर्घटनामा एक वर्षमा एक लाख ८० हजारको मृत्यु

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
नयाँ दिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । भारतका सडक यातायात तथा राजमार्गमन्त्री नीतिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी बुधबार दिए । उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए । गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि बताए । उनले भने, “सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारका लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।” दुर्घटनालगत्तै २४ घन्टाभित्र प्रहरीमा सूचना ...
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए

सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए

कर्णाली, ताजा अपडेट, समाचार
सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको पाइएको छ । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले रातोपाटीलाई बताए ।उनका अनुसार घटना बुधबार बिहानको हो । उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे अझै खुलिनसकेको उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेकोले घटना शङ्कास्पद रहेको क्षेत्रीले बताए । ‘घटना शङ्कास्पद नै छ, नजिकको प्रहरी गएर घटनास्थल सुरक्षित राखिरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले म पनि जाँदै छु, बाटोमा छु ।’ अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सकिने उनले बताए ।...