ताजा अपडेट

थारू बस्तीमा बढ्यो माघीको रौनक

थारू बस्तीमा बढ्यो माघीको रौनक

आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् । ‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीक...
कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीको अत्तरियाबाट लागू औषध सहित एक कपडा व्यवसायी पक्राउ परेका छन् । गोदावरी नगरपालिका – १ अत्तरियामा कपडा पसल गरी बस्दै आएका ३० वर्षीय अवतार हुसेन पक्राउ परेका हुन । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका – १४ घर भएका हुसेन बिहीबार धनगढी उपमहानगरपालिका – २ बाट पक्राउ परेका हुन । हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
सिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकमा बस दुर्घटना

ताजा अपडेट, बागमती, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको छ। सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-५ मा बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको हो। दोलखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए। ब्रेक फेल भएर पल्टिएको भन्नेकुरा आएको छ, एसपी खड्काले भने, अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन।...
आयल निगम करिब १० अर्ब नाफामा

आयल निगम करिब १० अर्ब नाफामा

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ञसमयमा नै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको छ । हामी करिब १० अर्ब नाफामा छौंझ, उनले भने । त्यस्तै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए । भट्टले भने, ञस्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।झ ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको उनले दाबी गरे । केही नयाँ कामको...

लेनदेन विवादमा युवकको हत्या, आरोपित पक्राउ

ताजा अपडेट, समाचार
काठमाडौं । लेनदेन विवादमा धादिङमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङकै खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् । उनले सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप छ । नेशन र सोही ठाउँका ४५ वर्षकै खलासे तामाङले लेनदने विवादमा रामबहादुरलाई निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट १४ पुसदेखि गम्भीर घाइते भएका रामबहादुको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भूमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कुटपिटको आरोप लागेका खलासे भने फरार छन् ।...
कैलालीमा बढ्दै सम्बन्ध विच्छेद गराउने पुरूषकाे संख्या

कैलालीमा बढ्दै सम्बन्ध विच्छेद गराउने पुरूषकाे संख्या

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम
धनगढी । कैलालीमा पुरुषबाट हुने सम्बन्ध विच्छेदका मुद्धा बढेका छन् । कैलालीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको सख्या उच्च हुन थालेको छ । कैलाली जिल्ला अदालतको तीन बर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका लागि पुरुषबाट मुद्धा दार्त गर्ने क्रम हरेक बर्ष उच्च हुन थालेको हो । अदालतकाे तथ्याङ् अनुसार पछिल्लाे ६ महिनाकाे अवधिमा मात्रै २१० जना पुरूषले सम्बन्ध विच्छेदका लागि कैलाली जिल्ला अदालतमा उजुरी दिएका छन् । मुलुकी देवानी संहिता २०७४ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यस यता सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको संख्या निरन्तर बढ्न थालेको तथ्याङ्क छ । कैलाली जिल्ला अदालतको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९मा १ सय ७५ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए । सो बर्ष जम्मा ६ सय ७ वटा सम्बन्ध विच्छेदका निवेदन दर्त...
रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरीले परिवारको जिम्मा लगाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए । अदालतमा धरौटी बुझाएपछि उनको मेडिकल जाँच गराएर परिवारको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो । रविको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल पोखरा पुगेकी थिइन् । सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका सात प्रतिवादीमध्ये ६ जना आजै धरौटी बुझाएर रिहा भएका छन् । रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ...
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न कास्की अदालतको आदेश, रिहा हुन अझै समस्या

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न कास्की अदालतको आदेश, रिहा हुन अझै समस्या

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिए पनि उनि रिहा हुने वा नहुने भन्ने अन्यौल कायमै रहेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आ...
कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीमा गोरु गाडा (डल्लप)लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ । हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो । प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको हो । अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले ग्रामीण भेगमा डल्लपलगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढेपछि अभियान थालेको बताए । अभियानलाई गाउँ गाउँमा पुर्‍याउने उनको भनाइ छ । गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने बताउँदै उनले एक महिना अगाडि मात्रै रातिको समयमा मोटरसाइकलले गोरु गाडाम...
पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो। धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ। बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन। चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै नदीबाट शव निकालेर अस्पताल पु¥याएको थियो।...