सुदूरपश्चिम

कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ परेका छन्। लागूऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका २ बस्ने २७ वर्षीय दिलिप ढकाल र चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएको जानकी गाउँपालिका ९ बस्ने २१ वर्षीय जिवन चौधरी पक्राउ परेका छन्।...
कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
मापसे गरेर युवकको टाउकोमा बोतल प्रहार, ३ जना पक्राउ।

मापसे गरेर युवकको टाउकोमा बोतल प्रहार, ३ जना पक्राउ।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा मापसे गरेर एक युवकमाथि बोतल हानिएको छ । गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति अत्तरिया नजिकै चौकीडाँडामा शिशाको बोतलले हानिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए । उनको अत्तरियाको पद्य्मा अस्पतालमा उपचार भइरहेको छ । बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए । उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।  ...
अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या।

अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी ।अछाममा मृत फेला परेका दुईजना किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । जिल्लाको ढकारी गाउँपालिका-१ छिन्ने जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या ढकारी गाउँपालिका -३ बस्ने दुई किशोरले हत्या गरेको खुलेको हो।यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुईजना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको ...
बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म / संस्कृति, समाचार, सुदूरपश्चिम
बाजुराः बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयको आयोजनामा बिहिबार देखी महायज्ञ सुरु भएको हो। माघ २४ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको बिहिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले समुद्घाटन गरेका थिए। विद्यालयको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। विद्यालयसँगै सोही ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको बताईएको छ। महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले प्रवचन गर्ने विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापाले बताए। उनले विद्यालयको सर्वा...
धनगढीमा तीन सय गाडी अट्ने ८० करोडमा बसपार्क बन्दै ।

धनगढीमा तीन सय गाडी अट्ने ८० करोडमा बसपार्क बन्दै ।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः धनगढीमा तीन सय गाडी अट्ने बसपार्क निर्माण हुने भएको छ। धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने भएको हो। नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा ‘अत्याधुनिक बसपार्क’ निर्माण गर्ने भएको छ। धनगढीमा नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन्। बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ। दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ। धनगढी उपमहानगरपालिकाले तयार पारेको तीन वटा विस्तृत योजना प्रतिवेदनमा ९६ करोडको स्वीकृत भएको हो। तर, लागत कम गर्न उपमहानगरपालिकाले माटो भरान तथा मोहना नदीमा तटबन्ध गर्ने भएको छ। धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले माटो भरानको काम उपमहानगरप...
कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा।

कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा।

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा धनगढी कैलालीको खुटिया खोलाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ।   जिल्ला समन्वय समिति, कैलालीसहितको स्थलगत अनुगमन टोलीले १७ ट्याक्टर, सात ट्रिपर र २ वटा डोजर नियन्त्रणमा लिएको हो।   अनुगमन टोलीले बिहिवार नियन्त्रणमा लिएका २६ सवारी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ। जिल्ला समन्वय समिति, कैलालीका उप–प्रमुख खगराज भुषालले सेहरी क्षेत्रको खुटिया नदीमा दोहन गर्दै गरेको अवस्थामा सवारी नियन्त्रणमा लिएको बताए।   सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५९, से २ त ३५४३, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८१०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८०९, भे १८–६९५९, से १ त ५४४९, से १ त ४८८४, से १ त ६१६५, से १ त ७३८७, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९२३ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो।   यस्तै, सुदूरपश्चिम...
कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
१७ माघ, धनगढी । कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए । मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । बोहराका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।...
अछाममा करिब  १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

अछाममा करिब १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
अछाम। अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ९२१ जना किशोरीलाई खोप लगाइने भएको हो ।  माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा १६२ विद्यालय र ९७ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट १३ हजार ६१३ छात्रा र विद्यालय नजाने २४८ बालिकालाई खोप लाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख दीपेन्द्र जोशीले जानकारी दिए। विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दुई हजार ९७६ र कक्षा ७ देखि १० सम्मका १० हजार ६९७ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका २० जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २२८ जना रहेका जोशीको भनाइ छ ।  अछामका १० पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल  विनायक नगरपालिकामा एक हजार ६४८ र सबैभन्दा कम बान्नी...
डोटीमा घरको दिवाल भत्किदा २ बाख्रा मरे

डोटीमा घरको दिवाल भत्किदा २ बाख्रा मरे

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डोटीः डोटीमा एक जनाको घरको दिवाल भत्किदा २ वटा बाख्रा मरेका छन्।जिल्लाको शिखर नगरपालिका–६ मटेलाका यज्ञ लुहारको एक तले दुई कोठे घरको बिचको दिवाल भत्किदा सोमवार गोठमा बाँधेका आठ वटा बाख्रा मध्ये २ वटा बाख्रा मरेका प्रहरीले जनाएको छ। अन्य ६ वटा बाख्राको भने जिबितै उद्धार गरिएको जनाइएको छ।