Day: २०८३ आश्विन ७, बुधबार

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

Breaking News 1
  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्युयोर्कमा भेटवार्ता

Breaking News 2, राजनीति
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका उनको सचिवालयले जनाएको छ। भेटमा दुवै मन्त्रीले नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेका छन्। उनीहरूबिच नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको छ।...
जलवायु न्यायमा गुटेरेसको जोड

जलवायु न्यायमा गुटेरेसको जोड

Breaking News 2, अन्तर्राष्ट्रिय, मौसम
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ ।