सहारा घरलाई एनएमबी लघुवित्तको खाद्यान्न सहयोग
एनएमबी लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ अौँ वार्षिक उत्सवको अवसर पारी कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको छ । प्रादेशिक कार्यालय धनगढी मार्फत सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको हो
लघुवित्तले १३ वर्ष पुरा गरी १४ वर्ष पुरा गरेको अवसरमा सहारा घरलाई खाद्यान्न सहयोग गरिएको लघुवित्तका धनगढी प्रादेशिक कार्यालयका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले बताए । उनका अनुसार सहारा घरलाई ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, ५ किलो चिनि, १ किलो चियापत्ती, १ पेटी स्याउ, ४ किलो अंगुर, १० किलो आलु, ५ किलो प्याज, ५ किलो टमाटर, ५ किलो गोभी, ५ किलो लौका र २ किलो बैगुन सहयोग गरिएको हो ।
आईतबार एक कार्यक्रमका बिच सो सामग्री सहारा घरलाई हस्तान्तरण गरिएको छ । परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन...






