Day: २०८२ फाल्गुन ३०, शनिबार

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

समाचार
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ । सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारिएको जनाइएको छ । रासस...
दार्चुलामा भिरबाट लड्दा २७ वर्षीय निर्वाचन प्रहरी धामीको मृत्यु

दार्चुलामा भिरबाट लड्दा २७ वर्षीय निर्वाचन प्रहरी धामीको मृत्यु

Breaking News 1, समाचार
दार्चुलामा निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्किने क्रममा भिरबाट लडेर २७ बर्षीय युवकको मृत्यु भएको छ। बिहीबार निर्वाचन प्रहरीबाट बिदाइ भएर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका २७ बर्षीय प्रकाश धामीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।   लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको अस्थायी प्रहरी पोष्ट वित्थड भरडकोटमा निर्वाचन प्रहरीको विदाइ कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा दानै भीरबाट लडेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। लेकम गाउँपालिका वडा नम्बर २ गराडी घर भएका धामीको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भीरबाट लडेर घाइते भएका धामीलाई तत्कालै गोकुलेश्वर अस्पताल पुर्याएको र त्यहाँ उपचार हुन नसकेपछि धनगढी...
बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार

बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार

Breaking News 1, अन्तर्राष्ट्रिय
इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएको छ। रोयटर्सका अनुसार एउटा मिसाइल दूतावासको भवनमा ठोक्किएको र त्यसपछि धुवाँ निस्किएको देखिएको थियो। यद्यपि, यसबाट भएको क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन। एपीको रिपोर्ट अनुसार मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको थियो। एएफपीले भने दूतावासमाथि ड्रोन आक्रमण भएको उल्लेख गरेको छ। बगदादमा इरान समर्थित दुई लडाकु मारिएको खबर आएलगत्तै यो आक्रमण भएको हो।...