Day: २०८३ कार्तिक ११, मंगलवार

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

समाचार
कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने चाहना भएका नागरिकलाई लक्षित गर्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाख्रापालनसम्बन्धी तालिम सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई व्यावसायिक सीप प्रदान गरी स्वरोजगार, आयआर्जन र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाउने उद्देश्यले आयोजित तालिमले स्थानीय स्तरमै उद्यमशीलता विकासको सम्भावनालाई उजागर गरेको छ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय परशुराम, डडेल्धुराद्वारा २०८३ साल असोज ३० गते परशुराम नगरपालिका-७, सादतीमा तालिम आयोजना गरिएको हो। तालिममा बाख्रापालनलाई परम्परागत निर्वाहमुखी गतिविधिमा सीमित नराखी व्यवस्थित, व्यावसायिक तथा आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्ने विषयलाई प्राथमिकता दिइएको थिय...