तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो
धनगढी ,असोज -२१ चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन।
खगराज भट्ट २०८३ साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।बजेट ढिलाइसँगै योजना छनोटमा बिचौलिया र आर्थिक चलखेल हुने गरेको भन्ने जनगुनासो पनि सार्वजनिक रूपमा उठिरहेको छ। धनगढीका होटल तथा चियापसलमा योजना समावेश गराउने विषयमा मोलमोलाइ हुने र आर्थिक प्रभावका आधारमा योजना छनोट हुने गरेको भन्ने आरोप विगत देखि लाग्दै र देखिदै आएको छ। विगतका वर्षहरुमा जनभावना अनुसार बजेट नआएर कार्यकर्ताहरुको भावनासँग जोडिएर आउने बजेट चालू आ ब मा पनि त्यहीँ दोहोरिएको आशंका आम नागरिकमा उब्जिएको छ ।
अब भट्ट नेतृत्वको सरकारले तीन महिनापछि ल्याउन लागेको बजेटमा मुख्य प्रश्न छ—योजना आवश्यकता र प्राथमिकताका आधारमा छनोट भएका छन् कि पहुँच र प्रभावका आधारमा?
सरकारले बजेट सार्वजनिक गर्दा योजना छनोटको...







