भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग
लालझाडी ३ कंचनपुर भदौ १६ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ४ लाख आर्थिक सहयोग गरेको छ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रदान गरेको हो।
संस्थाले प्रदान गरेको सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. मानबहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बराललगायतको उपस्थितिमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री कृष्णबहादुर राउतलाई हस्तान्तरण गरिएको जनाइएको छ। सोही अवसरमा संस्थाका प्रतिनिधिहरूले मन्त्री सीता बादीलाई समेत भेट गरी राहत रकम हस्तान्तरण तथा संस्थाको राहत संकलनसम्बन्धी योजनाबारे जानकारी गर...






