यो यात्रा हो जिन्दगीको चलिरहन्छ -गजलकार महता
गजल
यो यात्रा हो जिन्दगीको चलिरहन्छ ।
जसरी कर्नाली अविरल बगिरहन्छ ।
पीडा भुल्न हर कोशिश जारी राखे,
तै पनि एकपछि अर्को थपिरहन्छ ।
लाग्छ यो मुटु सार्वजनिक स्थान हो ,
सुख दुखले टहरो बनाइ बसिरहन्छ ।
अागो पानीको मित्रता कस्तो होला ,
जो रहेक समयमा फेरि फर्किरहन्छ ।
एकपछि अर्को पिडाको लहर चल्यो ,
जसरी घडीको सुईले पिछा गरिरहन्छ ।
@जय सिंह महता ...







