Day: २०८३ बैशाख २८, सोमबार

लघुवित्त विरुद्ध संघर्ष समितिका क्रियाकलाप गैरकानुनी, फौजदारी मुद्दा चलाउन सर्वोच्चको परमादेश

लघुवित्त विरुद्ध संघर्ष समितिका क्रियाकलाप गैरकानुनी, फौजदारी मुद्दा चलाउन सर्वोच्चको परमादेश

समाचार
कंचनपुर,सर्वोच्च अदालतले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामक समूहले गरिरहेका गैरकानूनी क्रियाकलापहरूले नेपालको समग्र वित्तीय प्रणाली र ग्रामीण अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको स्पष्ट पारेको छ । अदालतले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’का वित्तीय संस्थाहरूको सञ्चालनमा अवरोध पुर्‍याउने, कर्मचारीमाथि भौतिक आक्रमण गर्ने र ऋण नतिर्न उक्साउने जस्ता कार्य गरेको विषय उल्लेख गरेको छ ।अराजक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सरकारका नाममा ’परमादेश’ जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको फैसलाले वित्तीय क्षेत्रको सुरक्षा र कानूनी राज्यको अवधारणालाई जोड दिँदै यस्तो आदेश दिएको छ । अधिवक्ता सुवास पाठक, दिपेश ढकाल, सदिन कार्की लगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले ‘लघुवित्त विरुद्ध सङ्घर्ष समिति’ नामक समूहले गरिरहेका गैरकानूनी...