‘दुई करोडको सम्पत्ति देखाउनेले २५ लाख लुकाउँदैन’ https://sainonetwork.com/?p=7507&preview=true
लालझाडी ३ कंचनपुर ,सेयर लगानी र सम्पत्ति विवरणलाई लिएर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले आफ्नो बचाउसहित स्पष्टीकरण दिएका छन्। उनको सचिवालयले सञ्चालन गर्ने ह्वाट्सएप ग्रुपमार्फत उनले आफूमाथि लागेका आरोप निराधार रहेको र तथ्यलाई बङ्ग्याएर प्रस्तुत गरिएको दाबी गरेका छन्।
उनले सेयर लुकाएको, मन्त्री हुनुअघि शंकास्पद रूपमा सेयर किनेको र स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सिर्जना गरेको भन्ने आरोपहरूको बुँदागत रूपमा खण्डन गरेका हुन्।
२५ लाख रुपैयाँबराबरको सेयर लुकाएको भन्ने आरोपबारे स्पष्ट पार्दै उनले भनेका छन्, “मैले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमै दुई करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरेको छु। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी सोही समूहभित्रै पर्छ। यो लुकाउने नियत नभई वर्गीकरणको विषय मात्र हो।” उनले आरोप तर्कसं...






