Day: २०८३ असार २५, बिहीबार

श्रावणमा सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ आयोजना हुदै

श्रावणमा सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ आयोजना हुदै

मनोरञ्जन
लालझाडी ३ कंचनपुर,प्रथम सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ साउनमा हुने भएको छ। राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले साउन ८ र ९ गते धनगढीमा उक्त कार्यक्रम आयाेजना गर्न लागेकाे हाे। ‎प्रदेश कार्यसमितिले धनगढीमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर कार्यक्रमबारे जानकारी गराएकाे थियाे। ‎लाेक तथा दाेहाेरी गायनकाे एकल दाेहाेरी प्रतियोगिता गर्न लागेकाे। ‎प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टले यस प्रतियोगितामा गायक/गायीकाले एकल सहभागी हुन पाउने बताए। उनले प्रतियोगितामा बाद्यवादन र काेरस आयाेजकबाट उपलब्ध गराइने जानकारी दिए। सबै उमेर समूहकाले प्रतियोगितामा सहभागी हुन पाउने उनकाे भनाइ थियाे। ‎प्रतियाेगितामा प्रथम पुरस्कार १५ हजार, दाेस्राे पुरस्कार १० हजार, तेस्रो पुरस्कार ५ हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ। ‎प्रतियाेगितामा राम्रो कला...