Day: २०८३ असार २२, सोमबार

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

समाचार
लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजना तथा लालझाडी गाउँपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा लालझाडी गाउँपालिकाको सहकार्यमा लागूपदार्थ दुर्व्यसन रोकथाममा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको सभापति सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष भोजराज भट्ट, प्रमुख अतिथि लालझाडी गाउँपालिका निर्मल राना, बिशिष्ट अतिथि लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष आशाराम राना,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावत, अतिथि सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका सचिव भुवन कुँवर केसी, भा...