ईसान मेमोरियल अस्पताल द्धारा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन ८० जना लाभान्वीत
लालझाडी ३। स्वास्थ्य सेवा अझै पनि धेरै ग्रामीण बस्तीका लागि सहज पहुँचको विषय बनेको छैन । आर्थिक अभाव, दूरी र जानकारीको कमीका कारण सामान्य स्वास्थ्य परीक्षणसमेत गराउन नपाउने अवस्था धेरै ठाउँमा यथावत् छ । यस्तै अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित कुण्डा पिकनिक स्पोर्टमा ईशान मेमोरियल अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा अस्पतालका चिकित्सक डा. जाकिर आलम नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो । टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दै रोगको प्रारम्भिक पहिचान, उपचार र आवश्यक सावधानीबारे परामर्शसमेत दिएको थियो ।
शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो । दिनभर सञ्चालन भएको शिविरमार्फत करिब ८० जना बिरामीले स्वास्थ्य परीक्षण, रगत जाँच, चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । अस्पतालका...






