एसईई लालझाडी नतिजा ०८२ सरकारी बिध्यालयकाे शुन्यदेखि दयनिय अवस्था
भानु पालिकामै प्रथम निरन्तरता, पछ्याउँदै त्रिनेत्र
लालझाडी ३कञ्चनपुर २८ जेष्ठ।
कञ्चनपुरको लालझाडी गाँउपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा अत्यन्तै दयनिय आएको छ । लालझाडीमा सरकारी लगानीमा संचालनमा रहेका विद्यालयको नतिजा अत्यन्तै दयनिय आएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको लालझाडी गाँउपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सरकारी विद्यालयको नतिजा अन्यन्तै कमजोर आएको छ । लालझाडीका एक निजी सहितका ७ विद्यालयका दुईसय ९४ मध्ये ६० जना विद्यार्थी मात्रै उर्तीण भएका छन । पालिभरी २० प्रतिशत मात्रै विद्यार्थी उर्तीण भएपछि चौतर्फि रुपमा आलोचना भईरहेको छ ।
लालझाडीको एक मात्रै निजी विद्यालय त्रिनेत्र शिक्षा एकेडेमीका १६ मध्ये १५ विद्यार्थी उतिर्ण भएका छन । ०८१ मा पनि त्रिनेत्र एकुगेशन एकेडेमीका २८ मध्ये २१ उर्तीण भएका थिए । गाँउपालिकाभर एक मात्रै मावि स्तरको निजी विद्यालयले सरका...






