संवैधानिक परिषद् अध्यादेश फेरि पठाइयो शीतलनिवास
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ लाई जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष फेरि सिफारिस गर्ने निर्णय गरेको छ।
उक्त अध्यादेश परिमार्जनबिनै जारी गर्न राष्ट्रपति पौडेलसमक्ष पठाइएको सरकार प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।राष्ट्रपति पौडेलले आइतबार उक्त अध्यादेश पुनर्विचारका लागि फिर्ता गरिदिएका थिए। मन्त्री पोखरेलले संवैधानिक परिषद् अध्यादेशमा कुनै परिमार्जन नगरी पुनः शीतलनिवास पठाइएको छ, भनी भन्नु भयो ।...






