कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखे इरानको ग्यास क्षेत्र पुर्णरुपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी
मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर असर पारिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ । उहाँले यदि तेहरानले कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेमा, संयुक्त राज्य अमेरिकाले इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्रलाई व्यापक रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ।
हालैका आक्रमणहरूपछि विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै पाँच प्रतिशतले बढेको छ, जसले आपूर्ति शृङ्खला दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने चिन्ता बढाएको छ । इरानले कतारको रास लाफान एलएनजी केन्द्रसहित खाडी क्षेत्रका ऊर्जा संरचनामा शृङ्खलाबद्ध आक्रमण गरेको छ, जुन इजरायलले दक्षिण पार्स क्षेत्रमा गरेको आक्रमणको प्रतिकारका रूपमा भएको जनाइएको छ । सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले इरानले कतारमाथि आक्रमण रोकेमा इ...






