Day: २०८३ आश्विन २२, बिहीबार

कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

ब्यापार
लालझाडी (कञ्चनपुर) । कञ्चनपुरको ऐतिहासिक पुरानो सदरमुकाम बेलौरी बजारको खस्कँदो व्यापार, कृषि र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी कात्तिकमा ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला २०८३’ आयोजना हुने भएको छ। बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा यो मेला आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुन लागेको हो। मेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश राज पन्तले स्थानीय बजारको दयनीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। "बेलौरीको व्यापार एकदम खस्किएको अवस्था छ, यहाँका करिब ६० प्रतिशत पसलहरू बन्द भइसकेका छन्," अध्यक्ष पन्तले भन्नुभयो, "यही बजारलाई कसरी उन्नति र प्रगति तर्फ लैजाने, यहाँका किसान र व्यापारीका समस्या कसरी समाधान गर्ने भन्ने मूल उद्देश्यका साथ हामीले यो महोत्सव आयोजना गरेका हौँ।" ...